कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

Ads here
Flex Print
Read Time:1 मिनेट, 22 सेकेन्ड

धादिङ, २६ चैत
कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त खनियावास गाउँपालिका-३ बस्ने ४१ वर्षीय घर्ती तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

२०५९ कात्तिक २९ गते खनियावास गाउँपालिका-३ केवरे देउरालीमा लागेको एकादशी मेला हेरी साँझ आफ्नो घरतर्फ फर्किन लागेको अवस्थामा कलङदुङ मुलबाटो देउरालीमा सोही ठाउँ बस्ने पर्शुराम तामाङलाई घर्ति समेतका व्यक्तिहरूले खुकुरी, ढुङगा र नाईनस्टिक समेत प्रहार गरी गम्भीर घाइते बनाई फरार भएकोमा पर्शुरामको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा मृत्यु भएको थियो ।

घटनामा संलग्न रही फरार रहेका घर्तीलाई जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले ललितपुर, ललितपुर महानगरपालिका-४ बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत धादिङमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

Novel Corona Ads
Incidents Registration
0 0

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
author
Breast Feeding Ads
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु