
पर्सा को वीरगंज वडा नं १५ मा राप्रपाको इकाइ कमिटी गठन


पवन प्रसाद साह
वीरगञ्ज, पर्सा
चैत्र २५ गते
पर्सा जिल्लाको बिरगंज महानगरपालिका वडा नम्बर १५ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले इकाई कमिटी गठन गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता अंगद ठाकुर तथा केन्द्रिय सदस्य शम्भु चौरसिया बिरगंज महानगर कार्यसमितिका अध्यक्ष जलेशवर सरार्फ सचिव राजेश गुप्ता जिल्ला सचिव अजय पौडेल युवक संगठनका अध्यक्ष दिपनारायण यादव युवा नेता देवकुमार सरार्फ लगायतका व्यक्तित्त्वहरुको सहभागितामा बिरगंज महानगरपालिका वार्ड न:-१५ मा राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साको ईकाई समिति गठन भएको हो ।
ईकाई समितिका अध्यक्ष लालबाबु महतो ज्युको संयोजत्वमा २१ सदस्यीय ईकाई समिति गठन भएकोछ। वार्ड न:-१५ को ईकाई समिति गठन कार्यक्रममा भिस्वा भेडियाही तथा लछुमणवाका युवाहरू लगायतका उल्लेखनीय सहभागितामा भव्य तथा सभय कार्यक्रम भिस्वा डाडा मा भएको थियो।


उक्त कार्यक्रममा देशको राजनीति अन्यौलता तथा नेताहरु आफ्नो कर्तव्यबाट ओझेल भएर देश र जनतालाई खाल्टोमा पुर्ने र देशलाई अझ अध्यारो तर्फ धकेल्न लागेको अवधारणा लगायतका विचारहरु पार्टीका केन्द्रिय सदस्य शम्भु चौरसिया नेता अंगद ठाकुर महानगर अध्यक्ष जलेशवर सरार्फ तथा जिल्ला सचीव अजय पौडेल ले आफ्नो धारणा व्यक्त गर्नुभएको थियो।

