मन्त्री सोनलद्वारा दलित बिद्यालयको शिलान्यास

Ads here
Flex Print
Read Time:2 मिनेट, 6 सेकेन्ड

बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ५ को इटिहाई गाउँमा दलित बिद्यालयको शिलान्यास गरिएको छ ।

प्रदेश नम्बर २ का भौतिक तथा पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलद्वारा आइतवार एक कार्यक्रमका बिच संसदिय विकास कोषको २५ लाख रकमबाट निर्माण हुन लागेको बिद्यालय भवनको शिलान्यास गरेका छन् । दलित समुदायका विद्यार्थीहरुलाई अध्ययन गर्नका लागि पहिलो पटक दलित बिद्यालय बनाउन थालिएको हो ।

बारा जिल्लाको क्षेत्र नम्बर ४ ख का प्रदेश सभा सदस्य समेत रहनु भएका मन्त्री सोनलले शिलान्यासपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दलित समुदायका बिद्यार्थीहरुलाई गुनस्तर शिक्षाको निम्ती शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने बताए । दलितहरु शिक्षित नभएसम्म देश साक्षर नहुने बताउँदै दलितलाई आर्थीक, सामाजिक एवम् शैक्षिक रुपमा माथी उकास्नुपर्नेमा जोड दिए ।

Novel Corona Ads
Incidents Registration

शौचालय सहित ३ वटा कोठाको बिद्यालय भवनको शिलान्यास कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य सन्जय पाण्डे, जसपा क्षेत्र नम्बर ४ ख अध्यक्ष मदन कुमार, जसपा विश्रामपुर गाउँपालिकाका संयोजक जुबेर, रामजी मण्डल, वडाअध्यक्ष भोला साह लगायतको उपस्थिती रहेको थियो । महेन्द्र पासवानको संयोजकत्वमा गठित उपभोक्ता समितिले भवन निर्माणको काम थालनी गरेको जानकारी प्राप्त भएको छ । yatra daily

0 0
Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
author
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Kolhabi Ads
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।