प्रदेश २: अस्थायी इजलास वीरगञ्जको नयाँ भवन निर्माण गर्न मन्त्री सोनलद्वारा स्थलगत निरीक्षण

0 0
Ads here
Read Time:2 मिनेट, 52 सेकेन्ड

उच्च अदालत जनकपुर अन्तर्गत अस्थायी इजलास वीरगञ्जमा तिन वटा नयाँ इजलासको भवन निर्माण हुने भएका छन् ।

वीरगञ्ज चिनी कारखानाको जग्गामा रहेको इजलासको लागि थप तिन वटा नयाँ भवन निर्माण प्रदेश नम्बर २ को सरकारले गर्न लागेको हो । भवन निर्माणका लागि प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकास एवम् यातायातमन्त्री जितेन्द्र सोनलले जग्गा उपलब्धिको लागि स्थलगत निरक्षण गर्नु भएको हो ।

cold baat bachau

भवन तथा पूर्वाधार आभावमा कार्यालयका विभिन्न कामदेखि न्याय सम्पादन समेतमा समस्या हुँदै आएको कारणले उच्च अदालत वीरगञ्जका न्यायाधीश शेखर पौडेलले मन्त्रालयमा पुगेर मन्त्री सोनल समक्ष समस्या राखेपछि उनले भवन निर्माणका लागि बजेट छुट्टयाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

tamagadhi emergency add

विज्ञ टोलीसँग आज आइतबार जग्गा निरिक्षण गर्न पुगेका मन्त्री सोनलले भवन निर्माणका लागि मन्त्रालयबाट पर्याप्त बजेट छुट्याइने प्रतिबद्धता व्यक्त गरेका हुन । उनले सन्तुलित विकासका लागि प्रदेश नम्बर २ को सरकार सदैव प्रतिबद्ध रहेको बताएका ।

Breast Feeding Ads

‘सडक, नाला सङ्ग सङ्गै पूल निर्माण लगायतका सरकारी कार्यालयहरुपनि आवश्यक छन्,’ मन्त्री सोनलले भने, ‘छिटो छरितो कार्य सम्पादन गर्न उचित पूर्वाधार आवश्यक हुन्छ । त्यसैले सबै क्षेत्रको विकास सन्तुलित रुपले गर्न आवश्यक छ ।’

Kolhabi Ads

मन्त्री सोनलले न्यायमा जनताको सहज पहुँचकालागि प्रदेश सरकार गम्भीर भएकोले छिटोभन्दा छिटो इजलास भवन निर्माण कार्य सम्पन्न गर्न मन्त्रालयका इन्जिनियर विनोद यादवलाई निर्देशन समेत दिएका थिए ।

निरिक्षण टोलीमा प्रदेशसभा सदस्य पारस साह, जनत अन्सारी, करिमा बेगम, नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष रामचन्द्र सिंह, अधिवक्ता सुधिर कर्ण, प्रमहंस केशरी, उमेश जैसवाल, अरुण दुबे, चन्द्रीका यादव, जसपा नेता राजेशमान सिंहलगायतको सहभागिता रहेको मन्त्री सोनलका स्वकीय सचिव सन्तोष यादवले जानकारी दिए ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।