बेथिती भ्रष्टाचार र कुशासनको किर्तिमान कायम गर्दै प्रदेश २ सरकार : प्रभु साह

Ads here
Flex Print
Read Time:2 मिनेट, 39 सेकेन्ड

रामसरन यादव,  कार्तिक २९ गते                                   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहले प्रदेश २ सरकारले बेथिति, भ्रष्टाचार र कुशासनको कीर्तिमान बनाएको आरोप लगाएका छन् ।

आज सामाजिक संजाल फेसबूकमार्फत नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका नेता साहले प्रदेश सरकारको आर्थिक वर्ष २०७७÷७८ को बजेट भ्रष्टाचार, बेथिति र कुशासनको नयाँ कीर्तिमान भएको बताएका छन् ।

विगतमा प्रदेश सरकारले व्यक्तिको मोबाइल नम्बर समेत तोकेर बजेट निर्माण गरेको स्मरण गराउदै नेता साहले यस वर्षको बजेटमा परामर्शदाता र विक्रेताको नामसमेत उल्लेख गरेकोप्रति आक्रोश देखाएका छन् ।

Novel Corona Ads

नियमपूर्वक प्रक्रिया पूरा गरी खुल्ला प्रतिस्पर्धाबाट खरिद आह्वान हुने व्यवस्थाको धज्जी उडाउदै प्रदेश सरकारले पहिलानै रेडबूकमा विक्रेताको नाम लेखेर भ्रष्टाचार गरेको भन्दै नेता साहले प्रदेश सरकार आपराधिक रवैया रहेको जीकिर गरेका छन् ।

Incidents Registration

‘विगतका वर्षहरुमा व्यक्तिको मोबाईल नंबर नै तोकेर बजेट निर्माण गर्ने प्रदेश २ को सरकार यस आ ।व । २०७७÷७८ मा झन परामर्शदाता तथा विक्रेताहरुको नाममा बजेट तोकी रेड बुक प्रकाशित गरेर भ्रष्टाचार, बेथिती एवं कुशासनको फेरी अर्को नयाँ किर्तिमान खडा गरेको छ । सार्वजनिक क्षेत्रमा वस्तु तथा सेवा खरिदरविक्रि गर्दा खुल्ला प्रतिस्पर्धा सहितको एउटा निश्चित कार्यविधिको पालना गर्नुपर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रीय कानुनी मान्यतालाई समेत प्रदेश २ सरकारले धज्जि उडाएको छ’ उनले उल्लेख गरेका छन्, ‘प्रदेश सरकारको यी र यस्ता गलत रवैया र अपराधहरुले गर्दा नै आज सिङ्गो प्रदेश र प्रदेशवासि जनताको स्वभिमान, गौरव र गरिमामा खलल पुग्नुको साथसाथै मधेसको अपमान एवं बदनाम समेत भैईरहेको छ

Breast Feeding Ads
0 0

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो
author
Kolhabi Ads
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो