बाराका चार जना सहित पर्साका पाँच जनामा कोरोना

Ads here
Flex Print
Read Time:2 मिनेट, 9 सेकेन्ड

चेरवन्त खबर
कोल्हबी, २३ कार्तिक
बारा र पर्साका विभिन्न स्थानबाट जम्मा गरेर ल्याइएको ९६ जनाको थ्रोट स्वाबलाई नारायणी अस्पतालमा परिक्षण गर्दा ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालले उपलब्ध गराएको जानकारी अनुसार बाराका चार र पर्साका पाँच जनागरी थप ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेशकुमार चौरसियाले दिएको जानकारी अनुसार पर्सामा थपिएका संक्रमितमध्ये एक जना बाहेक सबै सदरमुकाम वीरगञ्जका बासिन्दा हुन् ।

Novel Corona Ads

वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १० का दुई र वडा नम्बर ३ र ४ का एक/एक जना मा संक्रमण देखिएको छ । त्यसैगरी बहुदरमाई नगरपालिकाको वडा नम्बर ७ का पनि एक जनामा संक्रमण पुष्टि भएको डाक्टर चौरसियाले बताए ।

Incidents Registration

डाक्टर चौरसियाका अनुसार बारा जिल्ल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकाको वडा नम्बर ४ का एक जना, सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ का एक जना, महागढीमाई नगरपालिका वडा नम्बर ८ का एक र बारागढी गाउँपालिका वडा नम्बर ४ का एक जनागरी चार जनामा संक्रमण देखिएको छ ।

Breast Feeding Ads

संक्रमण पुष्टि भएकाहरु २० वर्षदेखि ७५ वर्ष उमेर समुहसम्मका रहेका छन् भने उनीहरुको सिटि भ्यालु २० देखि २६ सम्म रहेको डाक्टर चौरसियाले जानकारी दिए । सिटि भ्यालु २४ भन्दा कम रहेका संक्रमितले अन्यमा संक्रमण फैलाउने जोखिम बढी रहेको विज्ञहरुले बताउने गरेका छन् ।

0 0
Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो
author
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो