
कोल्हबी प्रथम मेयर क्रीकेट कपको दोस्रो दिन ५ विकेटले सपही टिम बिजय


चेरवन्त खबर
कोल्हवी, १७ कार्तिक
हिन्दुहरुको महान चाँड शुभ बिजया दशमी,दिपावली एवम् छठ पर्वको पावन अवसरमा कोल्हवी नगरपालिकाको मुख्य सहयोग र परिवर्तनको लागि युवा समाज “पलास” को आयोजनामा कोल्हवी बजारको खेलमैदानमा संचालित प्रथम मेयर क्रीकेट कपमा हिजो कोल्हबी टिमलाई हराउदै सपही युवा क्लब ५ विकेटले बिजय भएको छ ।
प्रतियोगिताको दोस्रो दिन दि लाइट अफ क्रीकेट क्लब कोल्हवी र सपही युवा क्लब सपही बीच प्रतिस्पर्धा भएको थियो ।
उक्त भएको खेलमा कोल्हवी टिमले टस जितेर ब्याटिङ गर्दा ४९ रन बनाएको थियो भने सपही टिमले ११ औं ओभरमा ५ विकेटले जित हात पारेको हो । हिजो आइतबार भएको खेलमा म्यान अफ दि म्याचको उपाधी सपही क्लबका बैठाले हात पारेका थिए । भोलि सोमबारको दिन सिमरौनगढ क्रीकेट टिम सिमरौनगढ र कलैया क्रीकेट टिम कलैया बिच प्रतिस्पर्धा हुने आयोजक संस्थाका अध्यक्ष ज्ञानेन्द्र चौधरीले बताउनुभएको छ ।


