पर्सामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

0 0
Ads here
Read Time:1 मिनेट, 19 सेकेन्ड

चेरवन्त खबर कोल्हबी :  पर्साको जगरनाथपुर गाउँपालिका–२ लक्ष्मीपुरमा टयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टयाक्टर चालक स्थानीय ४० वर्षीय राम मनोहर साह रहेका छन् ।

लक्ष्मीपुरबाट धान बोकेर वीरगञ्ज आउँदै गरेको लु ३ त १२१६ नम्बरको ट्याक्टर चन्द्रवाती खोलाको पुलकै छेउमा आइतबार बिहान साढे १० बजे दुर्घटनामा परेको थियो ।

cold baat bachau
tamagadhi emergency add
Breast Feeding Ads

पुल छेउको उकालो चढ्दै गर्दा अनियन्त्रित भई ट्याक्टर खोल्सामा खसेको थियो । सोही क्रममा ट्याक्टरले च्यापिएर चालक साहको मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

Kolhabi Ads

साहको शव पुल छेउको बाँधमा उछिट्टिएको र ट्याक्टर खोल्सामा पुगेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी दिए ।
शव पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको उनले बताए ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु