सर्लाहीमा एक बालिकाको बलात्कार प्रयासपछि हत्या गर्ने प्रयास

0 0
Ads here
Read Time:3 मिनेट, 6 सेकेन्ड

चेरवन्त खबर : सर्लाहीमा एक बालिकाको बलात्कार प्रयासपछि हत्या गर्ने प्रयास भएको छ ।

जिल्लाको पर्सा गाउँपालिका– ५ कि एक १० बर्षीया बालिकालाई भारतीय युवकले बलात्कारको प्रयास गरेको र बालिकाले प्रतिकार गरेपछि घाँटी रेर हत्याको प्रयास गरेको पीडित परिवारले बताएको छ ।

cold baat bachau
tamagadhi emergency add
Breast Feeding Ads

शुक्रबार दिउँसो बालिका खेतमा घाँस काटिरहेका बेला भारतको सितामढी घर भएका २७ बर्षीय मुकेश मुखियाले बलात्कारको प्रयास गरेको, बालिका चिच्याएपछि हँसियाले घाँटीमा आक्रमण गरेको र त्यही बेला मोटरसाइकलमा त्यही बाटो आइरहेका एक युवकले बचाएको वडा अध्यक्ष उमेश यादवले बताए ।

Kolhabi Ads

त्यस दिन बालिकाका आमा बुवालाई कुकुरले टोकेपछि त्यस दिन रेबिजबिरुद्वको सुई लिन सदरमुकाम मलगंवा अस्पताल गएका थिए । आमाबुवा मलगंवा गएपछि बालिका खाना खाएर सेक्टर बाँधको कुलो नजिकै घाँस काट्न गएकी थिइन् ।

उनी घाँस काटिरहँदा ती युवक साइकलमा उनको नजिकै आएका थिए । ‘शुरुमा तिम्रो घर कहाँ छ, कसको छोरी हौ, कति जना दिदी बहिनी र दाजुभाइ छौं ? भनेर ती युवकले बालिकासँग सोधे’ वडा अध्यक्ष यादवले भने, ‘त्यसपछि बालिकाको मुख थुन्दै लछार पछार गरेर जर्वजस्ती करणी गर्न खोजेका थिए ।’

तर, बालिका चिच्याउन खोज्दा उनकै हँसिया लिएर उनको हातको बुढी औंला, मुख काट्दै घाँटी पनि रेट्न खोजेको वडा अध्यक्ष यादवले बताए । घाँटी रेट्न खोजेकै समयमा धनकौलतर्फ जाँदै गरेका एक जना मोटरसाइकल चालकलले बालिका चिच्याएको सुनेर घटनास्थल पुगी बालिकाको उद्धार गरेको उनले बताए ।

ती मोटरसाइकल चालकले नै बालिकाको उद्धार गरी उपचारका लागि पुर्‍याएका थिए । बालिकाको घाँटीमा ७ वटा र औंलामा तीन वटा टाँका लगाउनुपरेको वडा अध्यक्ष यादवले जानकारी दिए ।

वडा अध्यक्ष यादवका अनुसार मुकेश रक्सी समेत पिएका थिए । उनी कसरी नेपाल आएका हुन् भन्ने कुरा खुलेको छैन ।

घट्नामा संलग्न युवक मुकेश मुखियालाई समातेर स्थानीयले प्रहरीको जिम्मा लगाएका छन् । मुखियाबिरुद्व करणीसम्बन्धी कसूरमा अनुसन्धान सुरु गरिएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए । अनलाइन खबर

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।