आज कार्तिक १६ गते आइतबार हेर्नुहोस आ-आफ्नो राशिफल

0 0
Ads here
Read Time:10 मिनेट, 4 सेकेन्ड

चेरवन्त खबर : वि.सं.२०७७ साल कार्तिक १६ गते । आईतबार । ईश्वी सन् २०२० नोभेम्बर ०१ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । कार्तिक कृष्णपक्ष । तिथि–प्रतिपदा,३८ घडी २९ पला,बेलुकी ०९ बजेर ३९ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–भरुणी,३६ घडी ४७ पला,बेलुकी ०८ बजेर ५८ मिनेट उप्रान्त कृतिका । योग–व्यातिपात,५९ घडी ४८ पला । करण–बावल,बिहान ०८ बजेर ३७ मिनेट उप्रान्त कौलव,बेलुकी ०९ बजेर ३९ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–काल योग । चन्द्रराशि–मेष ।

 

cold baat bachau
tamagadhi emergency add

काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर १५ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १७ मिनेट । दिनमान २७ घडी ३६ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा गरीएको लगानी खेर जाने छैन भने पद पाउँने योगलाई नकार्न सकिदैन । सामाजिक कामहरु समयमा सम्पादन हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने हुदा मन प्रशन्न हुनेछ । प्रेममा सफलता तथा सामिप्यता बड्नेछ । बिद्यामा गरीएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) लामो दुरिको वैदेशिक यात्राको तय गर्न सकिनेछ भने विदेशमा श्रम गर्नेहरुले मनग्गे धन तथा सम्पति जोड्न सक्नेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने बिदेशमा उत्पादित सामानको व्यापार बाट भनेजस्तो नाँफा कमाउन सकिनेछ । अध्ययनमा मन सुधार हुँदै जानेछ भने आफन्त तथा सहयोगिहरुको सहयोगले शरीरमा थप उर्जा बढ्नेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ ।

Breast Feeding Ads

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) ईमान्दारिता पुर्वक गरीएको प्रयासबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ । सरकारी धन तथा पैत्रिक सम्पतीको प्रयोग मार्फत मनग्गे आम्दानी गर्न सकिनेछ । बिद्या तथा प्रतिस्पर्धामा पतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा हात पार्न सकिनेछ भने बित्तिय क्षेत्रसँग सम्वन्धीत कामहरु फस्टाएर जानेछन् । चाहको वस्तु तथा मनोकामनाहरु पूरा हुनाले मन प्रफुल्लीत हुनेछ ।

Kolhabi Ads

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) नोकरीमा अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्नेछ भने सहयोग गर्ने कमै भेटिनेछन् । पहिले निर्णय भैसकेका मुद्दाहरु आईलाग्ने हुदा मानशिक तनाव बढ्नेछ । सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउने हुनाले दैनिक कामकाज गर्न गाह्रो हुनेछ । माया प्रेममा आफ्नो मायालुसँग मनमुटाव बढ्नेछ । आफ्नो भन्दा पनि अरुकै कामको लागि दिनभर व्यस्त रहदा आफ्नो काम थाती रहनेछ । व्यापारमा व्यावसायमा लगानी गर्न केहि समय पर्खनु उचित हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सरकारी तथा प्रशासनिक क्षेत्रमा तपार्ईँको बलियो पकड रहने हुनाले कामहरु सजिलै सम्पादन हुनेछन्  । राज्यबाट पाउने सेवा सुविधा पाइने छ भने मान सम्मानमा बृद्धि भएर जानेछ । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरी प्रसाद तथा टिका ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्र बलियो रहने हुँदा मन प्रशन्न रहनेछ । तरपनि अत्यावश्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापार व्यावसाय तथा शेयर बजार जस्ता क्षेत्रमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । पुराना तथा थाति रहेका कामहरु सुचारु हुनेछन् भने नयाँ काम गरी मनग्गे धन संग्रह गर्न सकिन्छ । अध्ययन अध्यापनमा सुधार गरी पुरस्कार तथा प्रशङशा पत्र जित्न सकिन्छ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने दिदि बहिनीहरुको सहयोग पाइने  हुँदा कामहरु समयमा नै सम्पन्न गर्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । मायाप्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसी भएको महशुस गर्नेछन् । रमाईलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाँफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगी बढ्न सकिनेछ । भौतिक सम्पती तथा सवारी साधन प्राप्तीको गतिलो सम्भावना रहकोछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) विवाद तथा प्रतिस्पर्धामा आज भाग नलिनुहोला ऋणात्मक नतिजा आउनेछ । व्यापार व्यावसायमा गरीएको लगानीबाट नाँफा कमाउँन निकै नै संघर्ष गर्नुपर्ला । बिद्यामा सोचेजस्तो प्रगति गर्न बढि नै समय दिनुपर्ला । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ । ऋणलाग्ने तथा खर्च बड्ने हुँदा मन चिन्तित हुनेछ । प्रेममा अविस्वासको वाताबरण सिर्जना हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अध्ययनमा मन जाने तथा ध्यान केन्द्रित हुनाले आफूले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ । आफन्त तथा गुरुजनहरुको सुझावलाई सिरोधार्य गर्दै अगाढि बढ्न सकिनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पती पाउने योग रहेकोछ भने प्रेममा सामिप्यता वढेर जानेछ । सन्तान,छोराछोरी तथा आफन्तसँग रमाईलो यात्राको तय गर्न सकिनेछ । व्यापारमा लगानी गरी आर्थिक अवस्था सुधार्न सकिने समय रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समाजसेवामा समय व्यातित हुनेछ भने आफ्नो काम थाति रहनेछ । कृषि तथा पशुपालनमा गरीएको लगानीबाट मनग्गे आम्दानी हुनेछ । अध्ययन तथा अनुशन्धानबाट सकारात्मक नतिजा हात लाग्नेछ । आमा वा आमा सरहका मानिससँग अलग्गिएर लामो यात्रा गर्नु पर्दा मनमा खिन्नता पैदा हुनेछ ।  माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिचको सम्बन्धमा थप बिश्वास थपिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) वादविवाद तथा मुद्दा मामिलामा सहभागी नहुनुहोला नकरात्मक नतिजा आउनेछ । सकसपूर्ण तथा झन्झटिलो यात्रा हुनेछ । व्यापार व्यावसायमा सन्तोष जनक प्रगती हुनेछ । सामान्य स्वास्थ्य सम्वन्धी समस्याले सताउने हुँदा काम गर्न असजिलो महशुष हुनेछ । बिद्यामा सफलता पाउन कडा मिहिनेत गर्नु पर्नेछ । दाजुभाई तथा छिमेकिसँग मनमुटाव बड्नेछ । लेखन कला तथा साहित्यको क्षेत्रमा समय दिय पनि भनेजस्तो नतिजा नआउने हुँदा मन खिन्न हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समयले साथ दिने हुनाले थोरै लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ भने दैनिकि सुधार भएर जानेछ । व्यापारमा लगानी गरी मनग्गे लाभ लिन सकिनेछ । आफन्त तथा सहयोगिको साथ पाइने  हुनाले जस्तो सुकै परिस्थितिहरुको पनि सामना गर्न सहज वातावरण बनेर जानेछ । पढाइ लेखाइमा थोरै समय दिदापनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागी लामो समय सँगै बसेर भलाकुसारि गर्ने अवसर प्राप्त हुनेछ ।रातो पाटी

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।