नगर प्रमुखद्वारा कोल्हबीमा प्रथम मेयर क्रीकेट कपको उद्घाटन

0 0
Ads here
Read Time:3 मिनेट, 17 सेकेन्ड

चेरवन्त खबर :  बारा जिल्लाको कोल्हबी नगरपालिकामा प्रथम मेयर क्रीकेट कपको उद्घाटन गरिएको छ । आयोजक संस्थाका अध्यक्ष ग्यानेन्द्र चौधरीको सभापतित्वमा नगर प्रमुख भरत बहादुर भण्डारीको बाहुलीबाट उक्त कार्यक्रमको उद्घाटन भएको हो ।

परिवर्तनको लागि युवा समाज ´ पलास ` को मुख्य आयोजनामा शुरु गरिएको सो खेलमा बारा उद्योग बाणिज्य संघ शाखा कार्यालय कोल्हबी, जनशक्ति क्लब कोल्हबी, शिवशक्ति क्लब बभनी, श्री अन्नपूर्ण कृषि सहकारी संस्था लिमिटेड, श्री नवयुग कृषि सहकारी संस्था लिमिटेड, श्री नवयुग कृषि सहकारी संस्था लिमिटेड , श्री ग्लोबल बहुउद्देश्यीय सहकारी संस्था लि. , शिवम ट्रेडर्स सहयोगी संस्थाहरु रहेका छ्न भने कोल्हबी नगरपालिकाको बिशेश सहयोग रहेको छ ।

cold baat bachau

करिब सात लाख लागतको सो खेलमा तनहु सुन चाँदी एण्ड गहना उद्योग, आर आर स्टोर्स, गुप्ता हार्डवेयर, ग्यानु फेसन वेयर, अधिवक्ता गणेश धिमाल, मनकामना सुन चाँदी पसल, दिपेन्द्र हार्डवेयर, राजकुमार उपाध्यय, कयानात गैस सेन्टर, न्यु साधना खाद्यान्न सप्लायर्स, बि. यस. इन्टरप्राइजेज, पवन बिज भण्डार, सरोज जैसवाल , शंकर किराना स्टोर्स, मामा भान्जा रेडिमेड पसल, धिरेन्द्र ट्रेडर्स, कोल्हबी ट्रेडर्स, तथा तृशा ट्रेडर्स लगायतकाले आर्थिक सहयोग गरेका हुन ।

tamagadhi emergency add

उक्त उद्घाटन कार्यक्रममा मन्तब्यको क्रममा बोल्दै नगर प्रमुख भण्डारीले खेलाडीहरुले खेलको क्रममा सभ्य र नियमको दायरामा रहि मर्यादित ढंगले खेल प्रदर्शन गरिदिनु हुन र जनचाहना बमोजिम मर्यादित ढंगले खेल खेलाइ दिनु हुन आयोजकलाई आग्रह गर्नु भयो । उद्योग बाणिज्य संघ कोल्हबीका अध्यक्ष महेश कुमार साह लगायतका ब्याक्तित्वहरु मन्तव्य ब्यक्त गर्नु भएको थियो भने स्वागत मन्तव्य आयोजक संस्थाका पुर्व अध्यक्ष तथा संस्थाका संस्थापक अध्यक्ष अधिवक्ता गणेश धिमालले गर्नु भएको थियो । त्यस्तै कार्यक्रम सन्चालनको जिम्मेवारी शम्भु प्रसाद जैसवालले पाउनु भएको थियो ।

Breast Feeding Ads

आठ वटा सहभागी टिम मध्ये उद्घाटन कार्यक्रमको दिन कचोर्वा र हेटौंडाको टिमले खेल प्रदर्शन गरेको थियो भने भोलीको खेल सपही र कोल्हबी टिम बिच हुनेछ ।

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।