रेडियो कोल्हबीले पहिलो बार्षिक उत्सव मनायो

3 0
Ads here
Read Time:3 मिनेट, 59 सेकेन्ड

इन्जोत मिडिया प्रा. लि. द्वारा सन्चालित रेडियो कोल्हबी १०४.१ मेगाहर्जले पहिलो बार्षिक उत्सव मनाएको हो ।     

बिगत १ बर्ष अगाडि कोल्हबी क्षेत्रको सुचना र
मनोरन्जनको लागि सम्मानिय प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार अच्युत मैनालीको प्रमुख आतिथ्यमा उदघाटन गरिएको यस रेडियोले १ बर्ष पूरा गरि दोस्रो बर्समा प्रबेश गर्दै आफ्नो प्रथम बार्षिक उत्सव १३ गते बिहीवारको दिन आफ्नै प्राङ्गणमा मनाएको छ ।                                                                                                                                     उक्त कार्यक्रममा प्रमुख अतिथी पुर्व युवा तथा खेलकुद मन्त्री तथा खेलकुद महासंघका अध्यक्ष समेत रहनु भएका पुरुषोत्तम पौडेलको रहेको थियो भने बिशिस्ट अतिथि ने. क. पा. प्रदेश कमिटीका सदस्री तपेश्वर राय चौधरी- छबिलाल उप्रेती , जिल्ला कमिटि सदस्य केवल प्रसाद चौधरी, ढुन्डिराज उप्रेती, उद्योग बाणिज्य संघ शाखा कार्यालय कोल्हबीका अध्यक्ष महेश कुमार साह, ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रमुख प्रहरी निरीक्षक शेखर कुमार साह, कृपा राष्ट्रिय दैनिक पत्रीकाका जियालाल चौधरी, रेडियो पातालगङ्गाका अजय चौधरी लगायत रेडियो कोल्हबीका नियमित श्राेताहरुको उपस्तिथि रहेको थियो ।

cold baat bachau

उक्त कार्यक्रमको अध्यक्षता समाजसेवी गोबिन्द पौडेलले गर्नु भएको थियो भने कार्यक्रम संचालन रेडियो कोल्हबीका कार्यकारी प्रमुख ज्ञानेन्द्र चौधरीले गर्नु भयो । र स्वागत मन्तब्य सोही रेडियोका समाचार प्रमुख नन्देश्वर चौधरीले गर्नु भयो ।

tamagadhi emergency add

सञ्चार क्षेत्रलाई जनताको घर दैलो सम्म सुचना प्रवाह गर्न रेडियोको महत्वपूर्ण भुमिका रहेकोले अगामी दिनमा रेडियो कोल्हबी सक्षम हुने बिस्वस्त रहेको कुरा तपेश्वर राय चौधरीले जोड दिनु भयो । त्यस्तै रेडियो कोल्हबीको बिकास समृद्धिका लागि प्रमुख अतिथी पुर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले बताउनु भयो । मन्तब्य कै क्रममा कार्यक्रमका अध्यक्षता गरिरहनु भएका गोबिन्द पौडेलले यथार्थ र सत्य तथ्य समाचार सम्प्रेषण गर्न र झुठो अफवाह सुचना सम्प्रेषण नगर्न सुझाव दिनु भयो भने उद्योग बाणिज्य संघका अध्यक्ष महेश कुमार साहले सफल्ताको कामना गर्दै अगामी दिनहरुमा राष्ट्रिय स्तरको रेडियो बन्न अग्रनी भुमिका निर्वाह गर्न सकोस भन्ने कुरामा जोड दिनु भयो । रेडियो कोल्हबीको नियमित श्राेता मध्य  कोचिला सन्जय कुमार चौधरीले मन्तब्य ब्यक्त गर्नुका साथै उक्त कार्यक्रममा रेडियो कोल्हबीका नियमित श्राेताबिन्दलाई रेडियोको गतिविधिहरुलाई सूक्ष्म ढंगले श्रवण गरि आफ्ना अमुल्य योगदान गर्नु भएकोले सम्मान स्वरुप मायाको चिनो प्रदान गरिएको थियो ।

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।