अफगानिस्तानकाे राजधानीमा आत्मघाती बम विस्फाेट, १८ जनाको मृत्यु

Ads here
Flex Print
Read Time:2 मिनेट, 6 सेकेन्ड

अफगानिस्तानकाे राजधानी काबुलमा रहेकाे एक शिक्षा केन्द्रबाहिर भएको आत्मघाती आक्रमणमा कम्तीमा १८ जनाको ज्यान गएको छ ।

यो आक्रमण एक निजी संस्थाको बाहिर भएको हो, जसले उच्च शिक्षाको कैयौँ कोर्स गराउँदै आएको थियो ।

सिया मुसलमान धेरै भएका क्षेत्र दश्त–ए–बार्चीको यस भवनमा सैयौँको सङ्ख्यामा मानिसहरु हुने गर्दछन् ।

Novel Corona Ads

आक्रमणमा घाइते भएका कैयौँलाई अस्पताल लगिँदैछ भने ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन् ।

इस्लामिक स्टेट समूहले सामाजिक सञ्जालमा एक पोस्टमा आक्रमणको जिम्मा लिएको सन्देश दिए पनि कुनै प्रमाण पेस गरेको छैन । यसअघि तालिबानले आफू घटनामा सामेल नभएको बताएको थियो ।

Breast Feeding Ads
Incidents Registration

आक्रमणपछि गृह मन्त्रालयका प्रवक्ता तारिक एरिएनले एक विज्ञप्ति निकाल्दै भन्नुभएकाे छ, ‘एक आत्मघाती आक्रमणकारीले शिक्षा केन्द्रकाे भवनभित्र पस्ने काेसिस गरे । सुरक्षाकर्मीहरुले उनकाे पहिचान गरेपछि उनले ढाेकामा नै विस्फाेट गराए ।’

एक स्थानीय नागरिक अली रेजाले समाचार एजेन्सी एएफपीलाई ज्यान गुमाउनेमा धेरै विद्यार्थी भएकाे जानकारी दिनुभयाे । आक्रमणकाे समयमा अधिकांश विद्यार्थी भवनभित्र पस्नका लागि ढाेकाबाहिर उभिएका थिए । उहाँले भन्नुभयाे, ‘शक्तिशाली विस्फाेट हुँदा म त्यहाँबाट झण्डै एक सय मिटरकाे दुरीमा थिएँ ।’

Kolhabi Ads

पछिल्ला केही हप्तायता अफगानिस्तानमा हिंसा बढिरहेकाे छ । धेरैजसाे आक्रमण तालिबानले गर्दै आएका छन् ।  उज्यालोबाट

0 0

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो
author
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो