हैदरावादमाथि किंग्स इलाभेन पञ्जाबको सनसनीपूर्ण जित

0 0
Ads here
Read Time:1 मिनेट, 42 सेकेन्ड

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल) मा  किंग्स इलाभेन पञ्जाबले सनराइजर्स हैदरावादमाथि १२ रनको जीत निकालेको छ।  पञ्जाबले दिएको केवल १२७ रनको लक्ष्य पछाएको हैदरावाद १९ दशमलव ५ ओभरमा ११४ रन बनाएर अलआउट भयो।

हैदरावादका लागि डेविड वार्नरले ३५ रन बनाए भने विजय शंकरले २६ रन बनाए। ​पञ्जाबका बलर अर्शदीप सिंह र क्रिस जोर्डनले ३-३ विकेट लिए भने मोहमद सामी, मुर्गुल आश्विन र रवि बिस्नोईले एक एक विकेट लिए।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाउदै १२६ रन बनाएको थियो।​ पञ्जाबका लागि निकोलस पुरनले सर्बाधिक ३२ रन बनाए भने कप्तान केएल राहुलले २७ रन बनाए।

हैदरावादका बलर सन्दीप शर्मा, जासन होल्डर, राशिद खानले २-२ विकेट लिएका थिए। जितसँगै किंग्स इलेभेन पञ्जाबले ११ खेलमा पाँचौं जित हासिल गरेको छ। पञ्जाब १० अंकसहित  अंक तालिकामा पाँचौ स्थानमा रहेको छ।

आइपिएल अन्तर्गत आज पहिलो खेल रोयल च्यालेन्जर्स बैंगलोर र चेन्नई सुपरकिंग्स बीच हुने छ भने दोस्रो खेल राजस्थान रोयल्स र मुम्बई इण्डियन्सबीच हुने छ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
raining add