वीरगञ्जलाई सुरक्षित र व्यवस्थित बनाउँन नागरिक समाज का अगुवाहरु पुन जागरुक

0 0
Ads here
Read Time:3 मिनेट, 31 सेकेन्ड

पवन प्रसाद साह
वीरगञ्ज १६ असार । वीरगञ्जलाई व्यवस्थित बनाउन विभिन्न संघ संस्था तथा यहाँका समाजसेवीहरु पुन: जागरुक भएका छन् ।

अव्यवस्थित रुपमा फालिएको फोहोरको व्यवस्थापन तथा सम्बन्धि घरधनि तथा व्यापारीहरुलाई व्यवस्थित रुपमा समयमै फोहोर फाल्न आग्रह गर्नुका साथै ट्राफिक नियन्त्रण, छाडा चौपाय नियन्त्रण लगायतका कार्यहरु गर्न थालिएको छ ।

cold baat bachau

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत जिल्ला प्रहरी कार्यालय र वीरगञ्ज महानगरपालिकाको सहकार्यमा व्यवस्थित वीरगञ्ज अभियान, ग्रिनसिटि सामुदायिक सेवा केन्द्र, वीरगञ्ज युवा समाजलगायतका विभिन्न संघ संस्थाको पहलमा व्यवस्थित बनाउने अभियान थालिएको ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतानले जानकारी दिनुभयो ।

tamagadhi emergency add

सोमवार पनि ट्राफिक नियन्त्रण र व्यवस्थित रुपमा सवारी पार्किङ्का लागि ट्राफिक फर्निचर पनि लगाइएको थियो । मंगलवार पनि वीरगञ्जलाई व्यवस्थित र सुरक्षित बनाउने अभियानअन्र्तगत फोहोर व्यवस्थापन, सडकअतिक्रमण गरेर राखिएको बालुवा नियन्त्रणका साथै छाडा चौपाय पनि नियन्त्रणमा लिइएको खेतानले बताउनुभयो ।
मंगलवार बिहान परेको झरीको प्रवाह नगरी व्यवस्थित तथा सुरक्षित वीरगञ्ज बनाउने अभियानमा स्थानीय युवा तथा समाजसेवीहरु सहित पर्सा प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरी लगायतको सक्रिया सहभागिता रहेको थियो ।

Breast Feeding Ads

सो अवसरमा जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख प्रहरी उपरिक्षक गंगा पन्तले विश्वभरी फैलिएको कोरोना भाइरसबाट सबै सुरक्षित र सचेत रही अरुलाई पनि सचेत बनाउन अनुरोध गर्नुभयो । साथै धेरै भिडभाड नगरी, सामाजिक दुरीको पालना गर्दै अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुका साथै धेरैबेर मुखमा हातले छुने र मास्कलाई निकाल्ने र लगाउने नगर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।

Kolhabi Ads

पर्साका प्रहरी नायब उपरिक्षक मनोजिक कुँवर, प्रमुख ट्राफिक प्रहरी निरिक्ष कमलराज पण्डित, वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरिक्षक निर्मल पनेरु, वडाअध्यक्ष जगत साह कानु, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, स्प्रिट क्लबका ओशन गुप्ता, टाईगर क्लबका मनिस प्रजापति, राजन गुप्ता, समाज परिवर्तनका अकलेश साह, लायन्स कलका अनुप अग्रवाल, विर्ता युवा क्लब राज वर्णवाल, त्रिलोक दारुकालगायतको उपस्थिती रहेको थियो ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।