चिनियाँ सेना नियन्त्रण रेखाबाट आफैँ फर्कने भारतको अपेक्षा

0 0
Ads here
Read Time:2 मिनेट, 18 सेकेन्ड

वास्तविक नियन्त्रण रेखा (लाइन अफ एक्चुअल कन्ट्रोल-एलएसी) भनिने भारत र चीनबीचको सीमाबाट चिनियाँ सेना आफैं फर्कने अपेक्षा भारतले गरेको छ।

सीमा विवाद बढ्दै गएपछि लद्दाखको गलवान उपत्यकामा असार १ गते दुई देशका सेनाबीच रक्तपातपूर्ण झडप भएको थियो। सो झडपमा भारतका २० सैनिक मारिएका थिए।

त्यसयता चीनले सीमा क्षेत्रमा आफ्नो उपस्थिति थप बलियो बनाएपछि भारत रक्षात्मक देखिएको छ। यसैक्रममा चीनका लागि भारतीय राजदुत विक्रम मिश्रीले तनाव कम गर्न चीनले जिम्मेवारीपूर्वक एलएसीबाट फर्कनुपर्ने बताएका हुन्।

 

बेलायती अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीसँग उनले भनेका छन्, ‘भारतले एलएसीमा सँधै आफ्नो क्षेत्रतर्फ रहेर काम गरेको छ, चिनियाँ सैनिकले पछिल्लो पटक गरेको कामले दुई देशबीचको सम्बन्धमा विश्वास घटेको छ।’
द्विपक्षीय जिम्मेवारी र सम्बन्धलाई गम्भीरतापूरर्वक लिन तथा एलएसी पार गरेर भारततर्फ आई निर्माणकार्य नगर्न उनले चीनलाई आग्रह गरेका छन्।

 

तर, सीमामा सैनिकबीच झडप भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो भूमिमा कोही पनि नछिरेको र कुनै पोष्ट कब्जा नगरेको दावी गरेका थिए।

 

झडप भएको क्षेत्रमा यतिखेर चिनियाँ सैनिकको निकै बाक्लो उपस्थिति देखिएको छ। यो स्थान चीन र भारतबीच सीमा निर्धारण गर्ने वास्तविक नियन्त्रण रेखा (लाइन अफ एक्चुअल कन्ट्रोल–एलएसी) नजिक पर्छ। यो रेखा आसपास दुवै देशका सेनाले गरिरहेको निर्माण कार्यका कारण तनाव बढिरहेको छ। स्रोत थाहा खबर

cold baat bachau

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
tamagadhi emergency add
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।