रौतहट मलाही टोलको एक महिलालाई घरबाटै अपहरणको प्रयास

Ads here
Chaudhary Traders
Read Time:2 मिनेट, 9 सेकेन्ड

रौतहट,  घरमै आफ्ना छोराछोरी सँग रहेकी महिलालाई गए राति अपहरण गरेर लाने प्रयास भएको छ ।

Manakamana Gold

रौतहटको गरुडा नगरपालिका मलाही टोलकी एक महिलालाई गए राति ९ बजे चार जनाको समुहले घरबाटै जबरजस्ती अपहरण गरेर लग्ने प्रयास गरेका हुन । महिलाका श्रीमान कामको सिलसिलामा गौरमा रहेको मौका छोप्दै चार जनाको समुहले अपहरणको प्रयास गरेको थियो । “घरमा बसिरहेको बेला अचानक चार जना आएर मुख थुन्दै बोकेर लग्न थालेका थिए ।” पीडित महिलाले भनिन “चारैतिरबाट घेरेर उनीहरुले जबरजस्ती घिर्सान थाले पछि गुहार माग्दै धेरै बेर कराए । होहल्ला सुनेर छिमेकीहरु आए पछि चारै जना भागे ।” जबरजस्ती घिर्सान थाले पछि उनी बेहोस भएर लडेकी थिइन ।

 

घटना पछि गौर अस्पतालमा उपचारका क्रममा रहेकी ३५ वर्षिया महिलाको शरीरका विभिन्न भागमा चिथोरेको घाउदाग रहेको छ । अपहरण गर्न आएका अजय सहनी, राकेश सहनी, राजा सहनी र ज्योती सहनी रहेको महिलाको दाबी छ । चार मध्ये तिन जना गरुडा नगरपालिकाको र एक जना गढीमाई नगरपालिकाको रहेका छन ।

Novel Corona Ads
Incidents Registration

घटनाका बारेमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक रविराज खडकाले अनुसन्धान भइरहेको बताएका छन । “घटनाको रिपोर्ट आएको छ । घटनाका बारेमा विस्तृत बुझ्ने काम भएको छ ।” उपरिक्षक खडकाले भने “यस विषयमा हामी गम्भीर भएर अगाडी बढी रहेका छौं । घटनामा सँलग्नहरु चाडै नियन्त्रणमा हुनेछन ।”लकडाउनको अवधिमा रौतहटमा महिला उपरका हिंसाहरु वृद्धि भएको तथ्याङ्कले देखाएको छ । स्रोत रौतहट टाइम्स

1 0
Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो
author

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
100 %
Surprise
Surprise
0 %
Kolhabi Ads
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो