स्वास्थ्य मन्त्रालयले २२ संस्थासँग माग्यो कोभिड नियन्त्रणको खर्च विवरण

Ads here
Chaudhary Traders
Read Time:4 मिनेट, 40 सेकेन्ड

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना नियन्त्रणमा काम गरीरहेका २२ वटा संस्थासँग हालसम्म भएको खर्चको विवरण मागेको छ। कोरोना नियन्त्रणमा १० अर्ब खर्च भएको विषयमा संसदको सार्वजनिक लेखा समितिले अध्ययन गरिरहेको भन्दै स्वास्थ्यले आफूमातहतका २२ वटा स्वास्थ्य संस्थासँग विवरण पठाउन भन्दै ताकेता गरेको हो।

Manakamana Gold

मन्त्रालयले २२ वटा निकायलाई पठाएको पत्रमा भनिएको छ, ‘यस मन्त्रालयबाट निकासा भएको रकममध्ये तहाँ र अन्तरगत निकायबाट सो रकम के कसरी कुन कुन कृयाकलापमा खर्च भएको हो? त्यसको औचित्य र त्यसलाई पुष्टि गर्ने प्रमाणित कागजातहरु उपलव्ध गराउनु।’ लेखासमितिको चासो राखेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले ३२ जेठमा स्वास्थ्यलाई पत्र पठाउँदै कोरोना नियन्त्रणमा त्यस मन्त्रालयबाट के कति कहाँ खर्च भयो भनेर सोधेको थियो।

उक्त पत्रपछि मन्त्रालयले आफ्ना मातहतका निकायलाई तीन दिनको अवधि राखेर निर्देशात्मक पत्र पठाएको हो। विवरण मागिएका कार्यालयहरुमा स्वास्थ्य सेवा विभाग टेकु, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकु, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कास्की, पाटन स्वास्थ्य विज्ञान ललितपुर, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, कान्ति बाल अस्पताल महाराजगञ्ज र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल छन्।

Novel Corona Ads

खर्च विवरण मागिएकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु,कोशी अस्पताल विराटनगर, गजेन्द्रनारायण सिंह अस्पताल सप्तरी, नारायणी अस्पताल वीरगञ्ज, भरतपुर अस्पताल चितवन, भेरी अस्पताल नेपालगञ्ज बाँके रहेका छन्।यसैगरी डडेल्धुरा अस्पताल डडेल्धुरा, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, धुलिखेल अस्पताल काभ्रे र निजामति अस्पताल नयाँ बानेश्‍वर रहेका छन्।

Incidents Registration

यसअघि अर्थमन्त्रालयले कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा अहिलेसम्म आठ अर्ब ३९ करोड रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गरेको थियो । कोरोना परीक्षण प्रयोगशाला, आइसोलेसन स्थापना, कोरोना अस्पताल तथा क्वारेन्टाइन निर्माण, औषधि तथा स्वास्थ्य सामग्रीको खरिदमा उक्त खर्च भएको जनाइएको थियो ।

Breast Feeding Ads

अर्थले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत स्वास्थ्य पूर्वाधार निर्माणमा मात्र ९८ करोड ५० हजार रुपैयाँ, औषधि र स्वास्थ्य सामग्री खरिदमा एक अर्ब ४९ करोड ७५ लाख ५० हजार, क्‍वारेन्टाइन व्यवस्थापनमा चार करोड १९ लाख ९८ हजार र अन्य विविध खर्चका रूपमा १३ करोड चार लाख ३१ हजार रुपैयाँ खर्च भएको जनाइएको थियो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई अर्ब ७१ करोड २९ लाख ४७ हजार रुपैयाँ निकासा भएकोमा अहिलेसम्म एक अर्ब ५८ करोड ५२ लाख ८३ हजार रुपैयाँ खर्च भएको जनाएको थियो। थाहा खबर

1 0
Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो
author
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो