कोरोनाको महामारीबाट बढी प्रभावित १० देशको यस्तो छ अवस्था

0 0
Ads here
Flex Print
Incidents Registration
Read Time:2 मिनेट, 45 सेकेन्ड
कोरोना भाइरस संक्रमणले यतिखेर विश्वव्यापी महामारीको रूप लिएको छ। मानिसबाट मानिसमा सर्ने भनिएको यो महाव्याधीका कारण मानिसको दैनिक जीवनयापनदेखि विश्वभरको आर्थिक/सामाजिक अवस्थामा गम्भीर असर देखिएको छ।

अहिलेसम्म संसारभर ७७ लाख ८९ हजार २४ जना कोरोना संक्रमित भेटिएका छन्‌। यीमध्ये चार लाख ३० हजार १७३ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये करिब ४० लाख मानिसहरू निको भएको अनुमान छ।

अहिलेसम्मको विश्व महाशक्ति अमेरिकालाई कोरोना महामारीले सबैभन्दा बढी थिलथिलो पारेको छ। सबैभन्दा धेरै संक्रमित भेटिएको मुलुक अमेरिका नै बनेको छ। अमेरिकामा अहिलेसम्म २० लाख ७४ हजार ५२६ जना संक्रमित भेटिएका छन्‌। भेटिएका संक्रमितमध्ये एक लाख १५ हजार ४३६ जनाको मृत्यु भइसकेको छ।

अमेरिकापछि दक्षिण अमेरिकी मुलुक ब्राजिल कोरोनाबाट बढी प्रभावित बनेको छ। हालसम्म ब्राजिलमा आठ लाख ५० हजार ५१४ जना संक्रमित फेला परेका छन्‌। फेला परेका संक्रमितमध्ये ४२ हजार ७२० जनाको मृत्यु भएको छ।

नेपालको दक्षिणी छिमेकी मुलुक भारत अहिले कोरोना संक्रमित संख्या धेरै भएको मुलुकको सूचीको चौथो स्थानमा छ। बितेको २४ घण्टामा मात्रै त्यहाँ १२ हजार नयाँ संक्रमित फेला परेका छन्‌। हालसम्म भारतमा तीन लाख २० हजार ९२२ जना संक्रमित भेटिएका छन्‌ भने नौ हजार १९५ जनाको ज्यान गएको छ।

बढी संक्रमित रहेका १० मुलुक र त्यहाँ भएको मानवीय हताहति :

देशहालसम्म फेला परेका संक्रमित संख्यामृत्यु
अमेरिका२०,७४,५२६१,१५,४३६
ब्राजिल८,५०,५१४४२,७२०
रूस५,१९,४५८६,८१९
भारत३,२०,९२२९,१९५
बेलायत२,९५,८२८४१,४७४
स्पेन२,४३,६०५२७,१३६
इटली२,३६,६५१३४,३०१
पेरू२,२०,७४९६,३०८
फ्रान्स१,९३,७४६२९,४०१
जर्मनी१,८७,२६७८,७९९

स्रोत : जोन होप्किन्स विश्वविद्यालय, अमेरिका

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
author
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।