प्रिमियर लिगमा छैटौं चरणमा देखिएन कोरोना

Ads here
Chaudhary Traders
Read Time:1 मिनेट, 37 सेकेन्ड

काठमाठौं । प्रिमियर लिगको अन्तिम चरणको कोरोना परिक्षणमा सबै खेलाडी तथा स्टाफको नतिजा नेगेटिभ देखिएको छ ।

Manakamana Gold

छैटौं चरण अन्तर्गत जुन ४ र ५ मा खेलाडी र स्टाफको कोभिड १९ परिक्षण गरिएको थियो । १ हजार १९५ जनामा गरिएको परिक्षणमा सबैको नतिजा नेगेटिभ देखिएको हो ।

अघिल्लो चरणमा एक जनामा मात्र पोजेटिभ देखिएको थियो ।

६ चरणमा गरी कूल ६ हजार २७४ जनामा गरिएको परिक्षणमा अहिलेसम्म १३ जनामा कोभिड१९ संक्रमणको पुष्टि भएको थियो । पहिलो चरण परीक्षणमा सबैभन्दा धेरै ६ जनामा पोजेटिभ देखिएको थियो ।

प्रिमियर लिगले कोरोना पोजेटिभ देखिएका कुनै पनि व्यक्तिको डिटेल सार्वजनिक नगरिने जनाएको छ ।

महामारीका कारण १३ मार्चदेखि स्थगित भएको प्रिमियर लिग १७ जुनदेखि क्लोज डोरमा पुन: शुरु हुँदैछ । एस्टन भिल्ला र शेफिल्ड युनाइटेड तथा म्यानचेष्टर सिटी र आर्सनलबीच खेल सोही दिन हुँदैछ ।

लिगमा ९२ खेल बाँकी रहँदा लिभरपुल २५ अंकको अग्रतासहित शीर्ष स्थानमा छ । बर्नमाउथ, एस्टल भिल्ला र नर्विच सिटी रेलिगेसन जोनमा छन् । onlinekhabar.com

Novel Corona Ads
Incidents Registration
0 0

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो
author
Breast Feeding Ads
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
100 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु