कतारबाट नेपाल फर्किन चाहनेले आइतबार सम्म थप विवरण पेश गर्नु पर्ने

0 0
Ads here
Read Time:3 मिनेट, 30 सेकेन्ड

दोहा :  कतारबाट नेपाल फर्कन चाहनेलाई थप विवरण आउँदो आइतबार अर्थात ७ जुनसम्म उपलब्ध गराउन अनुरोध गरिएको कतारस्थित नेपाली दूतावासले जनाएको छ।

पहिलो चरणको सरकारको प्राथमिकतामा परेका र नेपाल फर्कनु पर्नेले स्वदेश फर्किनका लागि दूतावासमा थप विवरण टिपाउन भनिएको द्वितीय सचिव प्रविण भट्टराईले बताए।

सुत्केरी र गर्भवती महिलाले पासपोर्ट, भिसा वा कतारी आईडीको प्रतिलिपि, स्वास्थ्य अवस्था गम्भीर भएमा त्यसको कागजात, अध्ययन समाप्त भएको विद्यार्थी (इन्टर्नसिपमा रहेकासमेत) ले पासपोर्ट, भिसा र कतारी आईडीको प्रतिलिपि, अध्ययन सकिएका वा इन्टर्नसिप सकिएको कागजात दूतावासमा बुझाउन अनुरोध गरिएको उनले बताए।

आफन्तको मृत्यु भइ काजकिरियाका लागि फर्कनु पर्नेले पासपोर्ट, कतारी आईडी कन्सुलर सेवजा विभागबाट प्रमाणित मृत्युदर्ताको प्रमाणपत्र, भिजिट वा बिजनेश भिसामा रहेकाले पासपोर्ट र भिसाको प्रतिलिपि, श्रम करार अवधि सकिएका वा रोजगारी गुमाए (मार्च १३ भन्दा भन्दा पहिले) ले पासपोर्ट, भिसा, कतारी आईडी करार सकिएको वा रोजगारी गुमेको देखिने कागजात, कतारको आईडी नभएका, म्याद सकिएका वा भिसा सकिएका ९१३ मार्च वा योभन्दा पहिले० पासपोर्ट, भिसा, कतारी आइडीको प्रतिलिपि र भिसा सकिएको देखिने कागजात दूतावासमा उपलब्ध गराउनु पर्नेछ।

फर्कंदा कोरोना परीक्षण गरी रिपोर्ट साथमा राख्नु पर्नेछ। विदेशबाट फर्कनेले हवाई उडान खर्च आफैंले व्यहोर्नु पर्नेछ। तर सम्बन्धित श्रम गन्तव्य देश वा रोजगारदाता कम्पनीले वा नेपालस्थित म्यानपावर कम्पनीले हवाइ उडान, यातायात, होटल क्वरेण्टीन लगायतको खर्चमध्ये केही वा सबै खर्च व्यहोर्ने भएमा बाँकी खर्च मात्र सम्बन्धित व्यक्तिले तिरे हुन्छ।

विमानस्थलबाट होल्डिङ सेन्टर हुँदै होटल क्वरेण्टीन वा पालिकाले व्यवस्थापन गरेको सम्बन्धित क्वरेण्टीनसम्मको यातायात खर्च व्यक्ति स्वयंमले तिर्नु पर्छ। साथै तोकिएको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पनि पालना गर्नुपर्ने उनले बताए।

कतारमा कोरोना सङ्क्रमितको सङ्ख्या ६० हजार २५९ पुगेको छ ।  पछिल्लो २४ घण्टामा २५९९ जनाले स्वास्थ्य लाभ गरे सँगै उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या ३६ हजार ३६ जना पुगेको छ भने अहिलेसम्म कोरोनाबाट ४३ जनाको मृत्यु भैसकेको छ । थाहा खबरबाट

cold baat bachau

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
tamagadhi emergency add
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।