कोरोना फैलाउन भारत आएको झुटो आरोप लगाउदै भारत गएका नेपाली जमातीलाई मुद्दा चलाउदैँ

1 0
Ads here
Read Time:4 मिनेट, 33 सेकेन्ड

नेपालबाट भरत गएका नेपाली जमातीलाई कोरोना फैलाउन आएको आरोप लगाउदैँ भारत सरकारले मुद्दा चलाएको छ । भारत गएका नेपाली जमातीहरुले आफुहरुको उद्वार गरिदिन समेत आगह गरेका छन ।

मुस्लिम धार्मिक यात्राका जमातीहरुमा बाराबाट ४ जना र रौतहटबाट १६ जना दिल्ली पुगेका थिए । सोहि समयमा लकडाउन सुरु भएका कारण त्यहीँ रोकिन बाध्य भएका थिए । नेपालबाट कोरोना फैलाउन आफ्नो देशमा आएको भन्दै त्यहाँका प्रहरीले मुद्दा चलाएको छ । उनीहरु हाल भारतको दिल्ली स्थित नेरैउलाको एक स्थानिए क्वारेन्टाइनमा बसेको बाराको निजगढबाट गएका जमाती मियाँद आलमले बताए ।

cold baat bachau

विराटनगरमा भएको धार्मिक कार्यक्रम सकेर फागुन ७ मा भारत पुगेका बारा निजगढका दुई जना सहित २० जना दिल्लीबाट नेपाल फर्किने क्रममा लकडाउनका कारण रोकिएको मियाँद आलमका दाजु लक्की अलिले बताए।

tamagadhi emergency add

भारतका सुरक्षाकर्मीले उनीहरुको परिचयपत्र तथा नागरिकता भारत स्थीत नेपालीे दूतावासले मागेको छ भन्दै लगेका छन। अहिले उनीमाथि मुद्दा दर्ता गराएको आलमले बताए। तर उनीहरुलाई कुन र के बिषयमा मुद्दा दर्ता भएको समेत जानकारी छैन ।

Breast Feeding Ads

घरबाट तीन महिनाअघि भरत पुगेका उनीहरु दिल्ली स्थीत नजामुदिन मरकजमा बसेका थिए । उनीहरु सहित सोही मरकजमा अध्यन गर्न बसेका १३ जना नेपाली बिघार्थीहरुलाई समेत क्वारेन्टाइनमा राखिएको थियो । जसमा काठमान्डैं, पोखरा, कटारीका तिन तिन जना गेरखाका २, र रौतहट, सिराहका एक एक जना बिघार्थी रहेका छन । अहिले सबैलाई मुद्दा दर्ता गराई कारर्बाही गरिने भएकोे छ ।

Kolhabi Ads

त्यहाँ बसेका जमातीमा कोरोना संक्रमण देखिएपछि सबैलाई दिल्ली सरकारले आपर्टमेन्टमा राखेको थियो । उनीहरुको स्वास्थ्य परीक्षण समेत गरिएको र तीन पटक सम्मको परीक्षणमा पनि रिपोर्ट नेगेटिभ देखिएको छ ।

अपार्टमेन्टमा राखेको ६४ दिन बितिसकेको छ । उनीहरु संगै अपार्टमेन्टमा बसेका जमातीलाई घर फर्किन दिए पनि उनीहरुलाई अझै निस्कन नदिएको उनीहरुको भनाई छ । विभिन्न देशका एक सय जनालाई अपार्टमेन्टमा राखेर स्वास्थ्य परीक्षण गरिएको थियो ।

दिल्लीबाट नेपाल फर्किने क्रममा लकडाउनका कारण रोकिएको र क्वारेन्टाइनमा राखेको ६४ दिन बितिसक्दा समेत दूतावास घर फर्काउन पहल नगरेको मियाँद आलमका आमा फरजाना बेगमले बताईन ।

उनीहरुलाई अपार्टमेन्टमा राखेको बारेमा भारतस्थित नेपाली दूतावास समेत जानकार भए पनि घर फर्काउन पहल नगरेको देखिन्छ । केहि समयअघि सम्म घर फर्काउन प्रबन्ध मिलाउँछौं भनी फर्किएका दूतावासका कर्मचारी सम्पर्क्विहीन भएको उनिहरुको गुनासो छ ।

भारतमा अहिले रेल सेवा सञ्चालन गरेपछि भारतमा रहेका नेपालीहरु घर फर्किसकेका छन् । अब घर फर्कन पाउने आशमा उनीहरुले बस रिजर्भ गरेर फर्किने योजना बनासकेका थिए ।

यता अपार्टमेन्टमा खटिएका सुरक्षाकर्मीले भारत प्रवेश गर्दा भारतीय सरकारलाई जानकारी नगराएको भन्दै मुद्दा चलाएको बताईएको छ ।

हाल भारतमा रहेका नेपाली जमातीलाई झुटो आरोप लगाउदै मुद्दा चलाउन नदिई यी जमातीको नेपाल सरकार र भारत स्थीत नेपाली दूतावासले तुरुन्तै पहल गर्नुपर्ने देखिन्छ ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।