सोमबार फेरि थप १३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८११ पुग्यो

0 0
Ads here
Read Time:1 मिनेट, 12 सेकेन्ड

काठमाडौं : सोमबार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार थप १३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ।

मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार कपिलवस्तुका ७ जना पुरुषमा संक्रमण पुष्टि भएको छ। यस्तै, पाल्पाका दुईजनामा संक्रमण पुष्टि हुँदा नवलपरासी, गुल्मी र रुपन्देहीमा एकएकजनामा संक्रमण देखिएको छ।

उनीहरु सैबको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा परीक्षण गरिएको थियो। सोमबार पुष्टि भएका १३ जनासँगै नेपालमा जम्मा संक्रमितको संख्या १ हजार ८ सय ११ पुगेको छ। यसअघि सोमबार दिउँसो मात्रै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले २ सय २६ जनामा संक्रमण पुष्टि भएको बताएका थिए।थाहा खबर

cold baat bachau

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
tamagadhi emergency add