डुमरवाना सानाकिसान शाखाका सेवाकेन्द्र कोल्हबीद्वारा क्वारेन्टिनमा बसेकाहरुका लागि खाद्यान्न सामग्री सहयोग

Ads here
Chaudhary Traders
Read Time:2 मिनेट, 30 सेकेन्ड

बारा जिल्ला स्थित डुमरवानामा रहेका साना किसान कृषि सहकारी संस्था लिमिटेडका सेवा कार्यालय कोल्हबीले क्वारेन्टिनमा बसेकाहरुलाई खानको लागि करिब तिस बोरा चामल कोल्हबी नगरपालिकालाई सहयोग गरेका छन ।

Manakamana Gold

कोरोना भाइरसबाट बच्न सरकारले गरेको लकडाउनका कारण बिभिन्न ठाउँहरुबाट नेपाल भित्रिएका जनताहरुलाई हरेक स्थानिय निकायले क्वारेन्टिन बनाएर राखे संगै कोल्हबी नगरपालिकाले पनि आफ्ना नगरका जनताहरुका लागि वडा नम्बर चार स्थ्ति श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक बिद्यालय सपहीमा ३५ वटा बेड र वडा नम्बर एकमा करिब ८० वटा बेडको क्वारेन्टिन निर्माण गरेको छ ।

नेपाल र भारतको बोर्डरमा अलपत्र परेका ८० जना जनतालाई कोल्हबी नगरपालिकाले उद्घार गरि ल्याएका छन । सपहीको क्वारेन्टिनमा नअटाएकोले कोल्हबी बजारमा रहेका तामागढि इन्भेन्ट भेन्युको पार्टि प्यालेसमा राखिएको छ ।

Novel Corona Ads

भारतबाट आएकाहरुको संख्या बढ्दै गएकोले क्वारेन्टिमा बस्नेहरुको संख्या पनि दिन प्रति दिन बढ्दै गएको छ र तिनिहरुलाई खान, बस्न सजिलो होस भनि हामिले तिस बोरा चामल सहयोग गरेका हौं भन्ने कुरा साना किसान सेवा केन्द्र कोल्हबीका संयोजक तथा समाजसेवी कोल्हबी वडा नम्बर ११ थस्कौल निवासी बिक्रम प्रसाद चौधरीले मन्तब्यको क्रममा बताउनु भयो ।

Incidents Registration

सो खाद्यान्न सामग्री कोल्हबी नगरपालिकाका नगर प्रमुख भरत बहादुर भण्डारी र प्रमुख प्रशासकिय अधिकृत हरेन्द्र कुमार श्रेष्ठलाई सेवा केन्द्र कोल्हबीका संयोजक बिक्रम चौधरी र डुमरवाना सानाकिसानका कार्य समितिका सदस्य नन्देश्वर चौधरीले प्रदान गर्नु भएको थियो ।

Breast Feeding Ads
0 0

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो
author
Kolhabi Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो