बारामा थप १ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ५४८ पुग्यो

Ads here
Read Time:4 मिनेट, 6 सेकेन्ड

बारामा थप १ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ ।

Manakamana Gold

करैयामाई गाँउपालिका १ की ३७ बर्षीय महिला हुन । उनि यस अगि जेठ ५ गते कोरोना संक्रमण पुष्टि भएका संक्रमित पत्रकारको श्रीमती हुन ।

बाराको कलैयास्थित स्थानीय एफएममा काम गर्ने पत्रकारलाई संक्रमण पुष्टि भएपछि पत्रकारलाई कलैया अस्पतालको आईसोलसनमा राखिको छ भने उनको परिबारलाई करैयामाईमा रहेको क्वारेन्टाइनमा राखिएको थियो ।३७ बर्षीय महिलाको स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौंको टेकुस्थित केन्द्रीय प्रयोगशाला पठाइएको थियो ।

यस्तै, बारामा हिजो थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सिम्रौनगढ नगरपालिका–६ स्थित क्वारेन्टाइनमा बसेका ६ जनामा कोरोना संक्रमण भएको पुष्टि हो ।

संक्रमित हुनेहरुमा सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ का ३४, ३८ र ४५, वडा नम्बर ११ का २२, वडा नम्बर १ का २७ र वडा नम्बर २ का २५ वर्षका रहेका छन् ।  जेठ ७ गते उनीहरुको स्वाब संकलन गरी परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएको थियो । हेटौंडाले पनि उनीहरुको रिपोर्ट कन्फर्म गर्नका लागि काठमाडौंको टेकुस्थित केन्द्रीय प्रयोगशाला पठाइएको थियो ।संक्रमित सबै जना भारतबाट मजदुरी गरी आएका व्यक्तिहरु रहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।

बारामा कोरना संक्रमितको संख्या १२ पुगेका छ । हालसम्म जीतपुर सिमरा उपमहानगरपालिकामा १, सिम्रौनगढ नगरपालिकामा ७, बिश्रामपुर गाँउपालिकामा १ र कलैया उपमहानगरपालिकामा रहेको जिल्ला प्रहरी कार्यालयमा १ जना र करैयामाई गाँउपालिकामा २ जनामा भेटिएको छ । कपिलवस्तुमा ८, सर्लाहीमा १३, बारामा १, काठमाडौंमा १, रुपन्देहीमा १ र चितवनमा १ गरेर ३२ नयाँ संक्रमण पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा कपिलवस्तुको बाणगंगा नगरपालिकाका १७, १९, २२, २९, ३५, ४० र ४२ वर्षीय पुरुष र २७ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो।

Incidents Registration

त्यस्तै सर्लाहीको गोडैता कविलासी नगरपालिकामा १८, २० वर्षीय तीनजना, २१, २२, २३, २६ वर्षीय दुईजना, २८, ३३ र ३५ वर्षीय दुईजना पुरुषमा संक्रमण देखिएको छ।

बाराको करैयामाइ गाउँपालिकामा ३७ वर्षीया महिला र काठमाडौंमा ३५ वर्षीय पुरुषमा संक्रमण देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकामा २० वर्षीय दुईजना, २४ वर्षीय दुईजना, २७ वर्षीय, ३० वर्षीय दुईजना र ५० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो।

भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ५२ वर्षीय पुरुषमा संक्रमण देखिएको छ।

यो संगै नेपालमा संक्रमितको संख्या ५४८ पुगेको छ ।

0 0

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो
author

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो