शुक्रबार एकैदिन थपिए ५० संक्रमित, सर्वसाधारणमा त्रास

0 0
Royal job Link
Read Time:5 मिनेट, 55 सेकेन्ड

काठमाडौं । नेपालमा दैनिक (कोभिड-१९) कोरोना भाइरसका संक्रमित थपिँदै गएका छन् । शुक्रबारमात्रै कोरोेना संक्रमितको संख्या ५० जना थपिएको छ । योसँगै संक्रमितको कूल संख्या ५०७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारअहिलेसम्म उपचारपछि निको भएर ७० जना घर फर्केका छन् ।

raining add

सरकारले कोरोना परीक्षणको दायरा बढाएसँगै संक्रमितको संख्या पनि बढेका हुन् । शुक्रबारसम्म पीसीआर विधिबाट ४२ हजार ४ सय ८८ र आरडीटी विधिबाट ८२ हजार १ सय १६ जनाको नमुना परीक्षण भइसकेको जनाएको छ ।
नेपालमा कोरोना संक्रमण देखिएपछि सरकारले यसलाई रोकथाम, उपचार तथा नियन्त्रण गर्न देशभर लकडाउन घोषणा गरेको २ महिना पुरा भएको छ । लकडाउन गरेको २ महिना वितेपनि प्रयाप्त परीक्षण हुन नसकेको गुनासो बढ्दै आएको छ । त्यतिमात्रै होइन, संक्रमितको संख्या बढ्दै गएपछि स्थिति भयावह हुनसक्ने भन्दै सर्वसाधारणमा थप त्रास पैदा भएको छ ।

tamagadhi emergency add
Breast Feeding Ads

तर सरकारले भने यो रोगलाई परास्त गर्न लकडाउनको पालना र सामाजिक दुरी कायम गर्नुनै सवैभन्दा उत्तम विकल्प भएकाले पालना गर्न आग्रह गरिरहेको छ ।

Kolhabi Ads

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार बेलुकाको अध्यावधिक विवरण अनुसार बाँकेमा १४ र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा ५ जना नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बैतडीको शिवनाथ १ का २२ वर्षीय पुरुष, डडेल्धुराको परशुराम नगरपालिकाका २८ वर्षिय पुरुष र कैलालीका १९, २३ र २६ वर्षिय पुरुषमा संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।
उनीहरुको सेती प्रादेशिक अस्पतालमा नमुना परीक्षण गरिएको थियो । यसैगरी बाँकेमा १३ जनामा संक्रमण देखिएको छ । भेरी अस्पतालमा भएको परीक्षणमा १८ देखि ६१ उमेर समूहका पुरुषहरुमा कोरोना पोजेटिभ देखिएको हो । १३ जना नरैनापुरका छन् । एक जना राप्ती सोनारीका रहेका छन् । यस्तै मोरङको रतुमाइका ४१ वर्षिय पुरुषमा पनि पोजेटिभ देखिएको छ ।

शुक्रबार एकै दिन २१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।  शुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट नेपालगन्ज उपमहानगरपालिका ८ का २१ जना डिस्चार्ज भएको प्रवक्ता देवकोटाको भनाई छ ।
डिस्चार्ज हुनेहरुमा ९ जना महिला र १२ जना पुरुष रहेका छन् । १ देखि ६० वर्ष उमेर समूहका उनीहरू १७ देखि २० औं दिनमा निको भएर डिस्चार्ज भएका हुन् । यस्तै अहिलेसम्म प्रदेशनम्बर १ मा २६, प्रदेश नम्बर २ मा ६ जना, बागमती प्रदेशमा ९, गण्डकी प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा ५ जना निको भएर घर फर्किएका छन् ।

सरकारले पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ८ सय १९ जनाको नमुना परीक्षण भएको जनाएको छ । आरडिटी विधिबाट ३ हजार ४ सय २१ जनाको परीक्षण भएको छ । अहिलेसम्म विधिबाट ४२ हजार ४ सय ८८ र आरडिटी विधिबाट ८२ हजार १ सय १६ जनाको नमुना परीक्षण भएको छ ।

प्रदेश नम्बर १ मा ९ हजार ९ सय २०, प्रदेश नम्बर २ मा ६ हजार २ सय ९५, बागमती प्रदेशमा १९ हजार ९३ र गण्डकी प्रदेशमा ७ हजार १८ जनाको आरडिटी परीक्षण भएको छ । यसैगरी प्रदेश नम्बर ५ मा ११ हजार ४ सय ८१, कर्णाली प्रदेशमा ८ हजार ६ सय १ र सुदूरपश्चिम प्रदेशमा १९ हजार ७ सय ८ जनाको आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले जानकारी दिए । ​

यसैगरी प्रदेश नम्बर १ मा ५८ जना, प्रदेश नम्बर २ मा १ सय ५५, बागमती प्रदेशमा १८ र गण्डकी प्रदेशमा ३ जना आइसोलेसनमा उपचाररत रहेका छन् । त्यसैगरी प्रदेश नम्बर ५ मा २ सय ३ जना, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा ५ गरी ४ सय ३३ जना संक्रमित आइसोलसनमा उपचाररत रहेको प्रवक्ता देवकोटाको भनाई छ ।

प्रदेश नम्बर १ मा १ हजार ४ सय १४, प्रदेश नम्बर २ मा ५ हजार ९ सय ६, बागमती प्रदेशमा ४ सय ७८ र गण्डकी प्रदेशमा ६ सय ७८ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १५ हजार ९ सय ८९, कर्णाली प्रदेशमा ७ सय ३५ र सुदूरपश्चिम २ हजार ६ सय २९ गरी देशभर २७ हजार ८ सय २९ जना क्वारेन्टाइनमा रहेका छन् । रातो पाटिबाट

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।