कस्तो अवस्थामा व्यायाम हानिकारक हुनसक्छ

0 0
Ads here
Read Time:5 मिनेट, 22 सेकेन्ड

शरीरलाई लचिलो बनाउन, फुर्तिलो बनाउन, बलियो बनाउन, तन्दुरुस्त बनाउन, जवान बनाउन, स्वस्थ बनाउन के गर्ने ? सर्वोत्तम विकल्प हो व्यायाम । व्यायामका अनेक लाभ छन् । कतिपय रोगबाट मुक्त गर्ने मात्र होइन, रोग लाग्नै नदिनका लागि व्यायाम अपरिहार्य एवं अनिवार्य मानिन्छ । तर, त्यही व्यायाम कतिपय अवस्थामा भने लाभदायक होइन, बरु हानिकारक हुनसक्छ ।

कस्तो अवस्थामा व्यायामले हानी गर्छ त ?

cold baat bachau
tamagadhi emergency add

खासमा समूचित ढंगले व्यायाम गर्नुपर्छ । व्यायामको आफ्नै नियम र विधी छन् । समय र सीमा छन् । सर्तहरु छन् । उचित ढंगले गरिने व्यायामबाट शरीर लाभान्वित हुन्छ । तर, जथाभावी गरिने व्यायाम स्वास्थ्यका लागि हानिकारक छ ।

Breast Feeding Ads

नेपालीमा उखान छ, धेरै खायो भने औषधि पनि विष हुन्छ । चिनी पनि तीतो हुन्छ । व्यायाम पनि जथाभावी र अधिक मात्रामा गर्नु उचित हुँदैन ।

 

Kolhabi Ads

कति समय गर्ने व्यायाम ?

व्यायाम दिनमा दुई पटकसम्म गर्न सकिन्छ । खासगरी दैनिक ४५ मिनेट व्यायाम गर्नु उचित मानिन्छ । यदि धेरै समय व्यायाम गर्ने हो भने त्यसले फाइदा होइन, हानी गर्न सक्छ ।

कुन समय उचित ?

व्यायामको लागि सर्वोत्तम समय भनेकै विहान हो । खाली पेटमा वा दिसा पिसाब गरिसकेपछिको समय नै व्यायाम गर्नका लागि उचित हुन्छ । साँझमा पनि कतिपयले व्यायाम गर्छन् । खाना खानसाथ भने व्यायाम गर्न हुँदैन । वा व्यायाम गरे लगत्तै पनि खाना खाने र नुहाउने काम उचित मानिदैन ।

पोषणमा ध्यान

नियमित व्यायाम गरेपछि खानपानमा ध्यान दिनैपर्छ । पोषणको सन्तुलन मिलाउनै पर्छ । यदि खानपान सन्तुलित भएन वा शरीरलाई पोषण पुगेन भने त्यसबाट नराम्रो असर पुग्छ ।

प्रजनन क्षमतामा समस्या

अधिक समय गरिने व्यायामले प्रजनन क्षमतामा समेत असर गर्ने पाइन्छ । खासगरी महिलाहरुको मासिक स्राव र गर्भधारणमा समस्या निम्त्याउन सक्छ । यसैगरी पुरुषको शुक्राणुको संख्या पनि घट्छ ।

तर, समुचित ढंगले गरिने व्यायाम अति लाभदायक छ । यसले शरीरलाई सधै तन्दुरुस्त र स्वस्थ राख्न मद्दत गर्छ ।

१. मुटुको स्वास्थयमा सुधार

हाम्रो मुटुको स्वास्थ्य सिधै हाम्रो शारीरिक सक्रियतासँग जोडिएको हुन्छ । हामी जति शारीरिक रुपले जति त्यति नै मुटु स्वस्थ हुन्छ । जो मानिसहरु दैनिक शारीरिक रुपले धेरै सक्रिय हुँदैनन् उनीहरुलाई मुटुसँग जोडिएका विभिन्न रोगहरु लाग्न सक्छ ।

२. राम्रो निद्रा आउने

विभिन्न अध्ययनहरुबाट नियमित अभ्यास गर्ने मानिसहरुलाई रातमा निन्द्रा पनि राम्रो आउने प्रमाणित भएको छ । यस्तो यसकारण हुन्छ किनभने व्यायामको कारणले हाम्रो शरीरका सर्केडियन रिदम मजबुत हुन्छ जसले हामीलाई सक्रिय राख्न मद्धत गर्छ । यसै कारणले रातमा राम्रो निन्द्रा आउँछ ।

३. शारीरिक उर्जा बढ्छ

हामीमध्ये कैयौं मानिसहरुको मनमा व्यायामलाई लिएर कैयौं किसिमको भ्रमहरु हुन्छन् जस्तै व्यायामले हाम्रो शरीरको सबै उर्जा सोस्छ र तपाईं दिनभर कुनै काम गर्न पाउनुहुन्न । खासमा हुने यसको ठिक उल्टो हो ।

व्यायामको कारणले तपाईं दिनभर सक्रिय हुनुहुन्छ । किनभने व्यायामको क्रममा हाम्रो शरीरमा केही खास किसिमका हार्मोनहरु रिलिज हुन्छन् जसले हामीलाई दिनभर एक्टिभ बनाइराख्न मद्धत गर्छ ।

४. आत्मविश्वास बढाउँछ

नियमित रुपले व्यायाम गरेर तपाईं आफ्नो शरीरलाई त्यो पर्फेक्ट आकारमा ल्याउन सक्नुहुन्छ जस्तो तपाईं चाहनुहुन्छ । यसले आत्मविश्वास पनि बढ्छ । शरीरको उत्तम बनावट र सकरात्मक सोचको कारणले तपाईं आफ्नो घर वा कार्यालयमा पनि पहिलेभन्दा धेरै राम्रो तरिकाले काम गर्न सक्नुहुन्छ । अनलाइन खबरबाट

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।