नेपाली क्रिकेट टिममा नयाँ मुख्य प्रशिक्षक छिट्टै ल्याउने क्यानकाे तयारी

0 0
Ads here
Read Time:2 मिनेट, 57 सेकेन्ड

काठमाण्डाै – नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकबाट उमेश पटवालले राजीनामा दिएपछि खाली रहेको पदका लागि नेपाल क्रिकेट संघले जतिसक्यो चाँडो नयाँ प्रशिक्षक ल्याउने तयारी गरेको छ ।

यसका लागि क्यानले अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसी र एसियन क्रिकेट काउन्सिल (एसीसी) को वेबसाइटमा विज्ञापन दिने तयारी गरेको छ । नेपालको मुख्य प्रशिक्षकको पोष्ट खालि हुँदा सो स्थानमा कुन प्रशिक्षक ल्याउने भन्ने आन्तरिक तयारी क्यानले गरेको छ ।

cold baat bachau

यस्तोमा कतिपय क्यानका पदाधिकारीले भारतबाट नयाँ प्रशिक्षक ल्याउने भन्नेमा छन भने कतिपय अरु देशको प्रशिक्षक ल्याउने भन्नेमा छन । तर नयाँ प्रशिक्षकका लागि क्यानले एसीसी र आइसीसीको वेबसाईटमा प्रशिक्षकको विज्ञापन राख्ने र त्यहिबाट छनोट गर्ने तयारी पनि भएको क्यान स्रोतले बताएको छ ।

tamagadhi emergency add

करिब नौ महिना नेपाल क्रिकेट टिमको मुख्य प्रशिक्षकमा जिम्मेवारी सम्हालेका उमेश पटवालले नेपालमा भएको आइसीसी विश्वकप क्रिकेट लिग दुईको मुखैमा प्रतियोगिता सकिएपछि लागुहुनेगरि राजिनामा दिएका थिए । त्यसपछि क्यानले अन्तरिम प्रशिक्षकका रुपमा जगत टमाटालाई जिम्मेवारी दिएको छ ।

Breast Feeding Ads

क्यान अध्यक्ष भारतमा नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द यतिबेला भारतमा रहेका छन् । क्रिकेटकै कामका लागि उनी भारत गएका हुन । उनले भारतमा पूर्व क्रिकेटर चेतन शर्मालाई भेट गरेका छन भने समय मिलेमा बीसीसीआइका उच्च पदाधिकारीलाई पनि भेट्ने बताइएको छ ।

Kolhabi Ads

चेतन भारतका पूर्व टेष्ट क्रिकेटर तथा प्रशिक्षक पनि हुन् । उनले शर्मासँग नेपाली क्रिकेटका साथै आगामी योजनाका बारेमा पनि केहि कुरा गरेको बताइएको छ । यसका साथै यहि बेला नेपालका लागि उपयुक्त हुनसक्ने प्रशिक्षकका विषयमा पनि कुरा हुने बताइएको छ ।

क्यानले पटवालको स्थानमा सुरुवातमा भारतबाट नै नयाँ प्रशिक्षक ल्याउने मनसाय बनाएको थियो । त्यसका बारेमा पनि अध्यक्ष चन्दले भारतमा रहेका बेला कुरा गर्ने बुझिएको छ ।

Source: Ujyalo

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु