बाराका सञ्चारकर्मी यादवमाथि आक्रमण

0 0
Ads here
Read Time:1 मिनेट, 3 सेकेन्ड

बारा : सञ्चारकर्मी पवन यादवमाथि आइतबार राति आक्रमण भएको छ। कलैयाबाट घर जाने क्रममा राति ८ बजे मानमत मटिअर्वा सडकअन्तर्गत कलैया उपमहानगरपालिका–१६ हनुमान मन्दिर अगाडि उनीमाथि आक्रमण भएको हो।

मोटरसाइकलमा घर जाँदै गरेका यादवलाई बाटो ढुकेर बसेका चारजना व्यक्तिले रोकेर आक्रमण गरेको पत्रकार शिवशंकर मिश्रले बताएका छन्। आक्रमणबाट उनको टाउकोमा चोट लागेको छ। उनको कलैयास्थित जिल्ला अस्पातमा उपचार गरिएको छ। उनको अवस्था सामान्य रहेको छ।

आक्रमण गर्नेको प्रहरीले खोजी सुरु गरेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पत्रकार यादब कलैयाबाट प्रकाशित हुने तराई मधेस दैनिक पत्रिकाका प्रकाशक हुन्। थाहा खबर i

cold baat bachau

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
tamagadhi emergency add