झापामा लकडाउन खुकुलो, मलदेखि हार्डवेयर पसलसम्म खोल्न पाउने

0 0
Ads here
Read Time:3 मिनेट, 30 सेकेन्ड

भद्रपुर (झापा) : झापामा लकडाउन खुकुलो बनाउने निर्णय गरिएको छ। कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समिति झापाले आयोजना गरेको सर्वपक्षीय बैठकमा सरकारले तोकेको न्युनतम मापदण्ड पूरा गर्दै पसलहरू चार घण्टा खुला गर्ने निर्णय गरेको छ।

बैठकले खाद्यान्न, मल, विउविजन, हार्डवेयर, इँटा बिक्री केन्द्र, बैंक तथा वित्तीय संस्थाहरू, ग्यारेज तथा मोटरपार्टसलगायतका पसल बिहान ८ देखि दिउँसो १२ बजेसम्म सञ्चालन गर्ने पाउने निर्णय गरेको छ। खाद्यान्न र सागसब्जीका पसल बिहान ८ देखि ११ बजेसम्म सञ्चालन गर्न अनुमति दिएको थियो।

त्यस्तै बैठकले घर बहाल कर, व्यवसायी कर तथा शुल्कहरू छुटका लागि स्थानीय उद्योग वाणिज्य सघहरुसँग समन्वय गरी आवश्यक निर्णय गर्न स्थानीय तहलाई अनुरोध गर्ने, स्थानीय तहबाट हुने राहत सामग्री कडाइका साथ एकद्धार प्रणालीमार्फत वितरण गर्ने साथै राहत सामग्री तोकिएको मापदण्ड र गुणस्तरको हुनुपर्ने निर्णय गरेएको छ।

संघीय सरकारले शुक्रबारदेखि ४४ प्रकार उद्योग सञ्चालन गर्ने अनुमति दिएसँगै त्यसलाई जिल्लामा कार्यान्वयन गर्ने, गराउने विषयमा बैठक बसेर यस्तो निर्णय गरिएको कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समितिका संयोजक सोमनाथ पोर्तेलले जानकारी दिए। उनका अनुसार जिल्लाका उद्योग तथा व्यवसायहरू सञ्चालनका लागि न्युनतम मापदण्डसहित सञ्चालनको अनुमति स्थानीय तहहरूले प्रदान गर्ने निर्णय गरिएको छ।

उद्योगहरूले कर्मचारी तथा मजदुरहरूलाई अनिवार्य क्वारेन्टाइन राख्ने व्यवस्था मिलाउने, काम गर्दा सामाजिक दूरी कायम गर्नुपर्ने, मास्क र हात धुने व्यवस्था अनिवार्य मिलाउनुपर्ने, कर्मचारी तथा मजदुरहरूलाई अनिवार्य परिचयपत्र दिएको हुनुपर्ने र ढुवानीका साधन चालक र सहचालकको अनिवार्य परिचय–पत्र हुनुपर्ने निर्णय गरिएको छ। त्यस्तै, खाद्यान्न, औद्योगिक उत्पादन र कृषि प्रयोजनका ढुवानीका साधनहरूको हकमा पास आवश्यक नपर्ने र त्यस्ता सवारी साधनका चालक र सहचालकबाहेक अन्यलाई यात्रा गराइएको पाइएमा कारबाही हुनेछ।

जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलको अध्यक्षतामा बसेको बैठकमा सांसद, जनप्रतिनिधि, जिल्लाका सबै राजनीतिक दल, प्रहरी, प्रशासन प्रमुख, उद्योगी व्यवसायी, पत्रकार लगायतको उपस्थिति रहेको थियो। थाहा खबरबाट

cold baat bachau

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
tamagadhi emergency add
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।