एकसाता अघि भारतबाट आएका थिए कपिलवस्तुका दुई संक्रमित

0 0
Ads here
Read Time:2 मिनेट, 1 सेकेन्ड

बुटवल: बिहीवार कोरोना भाइरसको संक्रमण पुष्टि भएका कपिलवस्तुका दुई युवक एकसाता अघि भारतबाट आएको खुलेको छ। १६ र २२ वर्षका ती युवक भारतको मुम्बईबाट एकसाता अघि  जिल्ला प्रवेश गरेपछि क्वारेन्टाइनमा राखिएको थियो।

खुल्ला सिमानाको फाइदा उठाउँदै उनीहरु लुकेर नेपाल छिरेको थाहा पाएपछि स्थानीयले मायादेवी गाउँपालिका वडा नं. १ पकडीमा रहेको छत्रपाली तिर्थादेवी माविको क्वारेन्टाइनमा राखेका थिए।क्वारेन्टाइनबाट उनीहरुको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा कोरोना भाइरसको भेटिएको पुष्टि भएको थियो।

Manakamana ads Anil

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले संक्रमित दुवै जनाको स्वास्थ्यअवस्था सामान्य रहेको र उनीहरुलाई बुटवलको आइसोलेसन अस्पतालमा ल्याइएको जानकारी बताए।संक्रमित दुबै जना मायादेवी गाउँपालिका वडा नम्बर २ का वासिन्दा हुन्।

thaneshwar

उनीहरुमा संक्रमण भेटिएकाले उनीहरुको सम्पर्कमा आएकाहरुको पहिचान गर्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए।योसँगै प्रदेश ५ का तीन जिल्लामा कोरोना संक्रमण भेटिएको छ भने संक्रमितको संख्या २६ पुगेको छ।यसअघि बाँकेको नेपालगन्जमा २३ र रुपन्देहीको कोटहीमाईमा एक जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो।सेतो पाटिबाट

raining add

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।