१७ जना संक्रमित थपिएपछि वीरगञ्जमा ७ सय जनाको परीक्षण हुँदै

0 0
Ads here
Read Time:2 मिनेट, 15 सेकेन्ड

बुधबार वीरगञ्जको छपकैयाका एकै परिवारका १७ जना सदस्यमा कोरोनाभाइरसको संक्रमण देखिएपछि अहिले उक्त बस्तीका थप ७ सय जनाको परीक्षण गर्ने तयारी गरिएको छ।

वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले ९ सय वटा किटको व्यवस्था भएको र सकभर आजैदेखि परीक्षणको काम सुरू गरिने बताए।

cold baat bachau

‘काठमाडौंबाट ४ सय र नेपाली सेनाबाट ५ सय किट आएको छ। आज वा भोलिबाटै स्वाब संकलनको काम सुरू गर्छौं,’ उनले भने।

tamagadhi emergency add

९ सय किटमध्ये २ सय किट आपत्तकालीन अवस्थाको लागि राख्ने महानगरले जनाएको छ।

Breast Feeding Ads

स्वाब संकलनमा महानगर र नारायणी अस्पतालका स्वास्थ्यकर्मी खटिनेछन्।

Kolhabi Ads

संक्रमित संख्या बढ्दै गएपछि छपकैया बस्ती उच्च जोखिममा रहेको छ।

गत आइतबार एक जना ३६ वर्षीय पुरूषलाई संक्रमण देखिएदेखि नै सो क्षेत्र सिल गरिएको छ। अहिले पनि सो क्षेत्र सुरक्षाकर्मीको निगरानीमा छ।

मेयर सरावगीले बस्तीमा बढेको जोखिम हेर्दा झन्डै पाँच हजार व्यक्तिको परीक्षण गर्नुपर्ने बताए।

‘हाम्रो योजना भनेको कम्तीमा पाँच हजार व्यक्तिको परीक्षण गर्ने भन्ने हो। तर किट अभावका कारण परीक्षण गर्न सकिएको छैन,’ उनले भने।

अहिले देशभर रहेको प्रयोगशालाहरूमा किट अभाव रहेको छ। जसमा चार वटा प्रयोगशालामा किट नभएकै कारण कोरोना परीक्षण रोकिएको छ।

स्वास्थ्य मन्त्रालयले पनि पछिल्लो समय किट अभाव हुँदा परीक्षणको गति सुस्त भएको जनाएको छ। तर केही दिनमै किट आउने र परीक्षण पहिलेकै गतिमा अघि बढ्ने मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। सेतो पाटिबाट सभार

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।