पश्चिम बंगालमा नयाँ रेकर्डः १० घण्टाभित्र बिक्रि भयो सय करोड बढीको रक्सी

Ads here
Read Time:2 मिनेट, 27 सेकेन्ड

चेरवन्त खबर कोल्हबी: पश्चिम बंगालमा १० घण्टाभित्र सय करोड भारु भन्दा बढीको रक्सी बिक्रि भएको छ जुन एक नयाँ रेकर्ड हो ।लकडाउन अघि यस राज्यमा साधारणतया दैनिक औसतमा ४० देखि ४५ करोड भारुको रक्सी बिक्रि हुन्थ्यो । मंगलबार मात्रै ६५ करोड बढीको रक्सी बिक्रि भयो ।

Manakamana Gold

राज्य सरकारले रक्सीको पसल दैनिक दिउँसो १२ देखि बेलुकी सात बजेसम्म सात घण्टा खोल्ने अनुमती दिएको छ । सोमबार त राज्य सरकारको स्पष्ट दिशानिर्देश नभएका कारण बेलुका तीन घण्टामात्रै पसल खोलिएको थियो । मंगलबार भने सात घण्टा खोलियो । तर मानिसहरुको भीड कम हुनुको साटो बढ्दो छ ।

कोरोनासँग जुध्नका लागि पैसा जुटाउनका लागि राज्य सरकारले रक्सीमा ३० प्रतिशत अतिरिक्त बिक्रि कर लगाएको छ ।पश्चिम बंगाल सरकारले दुई दिनमा रक्सीको बिक्रिबाट राजस्वमा  बम्पर वृद्धि भएको जानकारी दिएको छ । आयकर विभागका एक अधिकारीले नाम नबताउने शर्तमा भने, ‘रक्सीको बिक्रिमार्फत् सरकारलाई ६० करोडको राजस्व प्राप्त भएको छ ।’

Incidents Registration

राज्यमा सोमबारबाहेक मंगलबार पनि सबै पसलमा अत्यधिक भीड लाग्यो । कति मानिसहरु त थुप्रै किलोमिटर पैदल हिँडेर रक्सी खरिद गर्न पुगे । केही स्थानमा भीडमाथि नियन्त्रण गर्नका लागि प्रहरीले लाठीचार्ज गर्नुपर्यो ।सरकारले प्रति व्यक्तिलाई दुई बोतल रक्सी बेच्ने निर्देशन दिएको छ । कुनै स्थानमा त परिवारका सबै सदस्य नै लाइनमा बसेका थिए ।यसैबीच, रक्सीको पसलमा भीड कम गर्नका लागि थोक विक्रेता सरकारी वेस्ट बंगाल बेवरेज कर्पोरेशनले ई–रिटेल र होम डेलिभरीका लागि पनि एउटा नयाँ पोर्टल बनाएका छन् ।

स्रोतः बीबीसी

0 0

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो
author

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो