नारायणी अस्पतालमा जनरल सेवा सञ्चालन गर्न चिकित्सक संघको माग

1 0
Ads here
Read Time:2 मिनेट, 27 सेकेन्ड

वीरगञ्ज । लेभल २ कारोना अस्पताल घोषणा भएपछि नारायणी अस्पतालबाट प्रदान हुने अन्य जनरल सेवा ठप्प छ । नारायणीबाट प्रदान हुने सेवा सरकारी दर र सहुलियतमा प्रदान गर्ने जिम्मेवारी नेशनल मेडिकल कलेजलाई दिइएको छ ।

नेशनल मेडिकल कलेज वीरगञ्जको पूर्वी भागमा पर्छ । सवारी साधन नचलेको समयमा निजी सवारी साधन हुने सर्वसाधरण त्यहाँ उपचारका लागि पुग्न निकै कठिन छ । त्यसमाथि नेशनलले भरपर्दो सेवा नदिइरहेको गुनासो आइरहेको छ ।

raining add

घनावस्तीको बीचमा रहेको नारायणी अस्पतालमा कोरोना संक्रमित मात्र भर्ना हुने अवस्थाले प्रसूती लगायत अन्य जनरल सेवाका रोगीहरु उपचारबिहीन भएको जनगुनासो दिनप्रति दिन बढ्दै गएको छ । यसैकुरालाई मध्यनजर गरेर नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखाले नारायणीमा पुनः जनरल सेवा सुचारु गर्न माग गरेको हो ।

tamagadhi mart

शाखा सचिव डा. उदय नारायण सिंहले नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्टको ध्यानाकर्षण गराउँदै जनअपेक्षा अनुरुप नारायणी अस्पतालमा अविलम्ब जेनरल सेवाहरु सुचारु गर्न माग गरेका छन् ।

Breast Feeding Ads

‘जनरल सेवा सञ्चालन नहुँदा प्रसूती लगायत अन्य सेवाका रोगीहरु उपचारबिहीन बनेको र विकल्पको रुपमा प्रस्तुत गरिएको अस्पताल तथा स्वास्थ्य संस्थाहरुले अपेक्षा अनुरुप सस्तो सुलभ र स्तरीय सेवा प्रवाह गर्न नसकेको जनगुनासो आइरहेको छ,’ उनले भने, ‘त्यसैले नारायणीमा जनरल सेवा सुचारु गर्न माग गरेका हौं ।’

Kolhabi Ads

प्रदेश नं २ को एक मात्र महमानगरपालिका वीरगञ्जस्थित नारायणी अस्पतालमा पर्सा, बारा, रौतहट तथा छिमेकी मुलुक भारतको सीमावर्ती जिल्लावासीहरुको स्वास्थ्य उपचारको लागि पहिलो रोजाइमा पर्ने गरेको थियो । onlinekhabar.com

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
100 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।