कोरोना संक्रमित फेला परेसँगै बारा जिल्लाबासीमा त्रास

0 0
Ads here
Read Time:3 मिनेट, 22 सेकेन्ड

बारा । बारामा बुधवार एकै दिन दुई जनामा (कोभिड-१९) कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि स्थानीय त्रसित बनेका छन् ।

जिल्लामा पहिलो पटक कोरोना संक्रमित जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ का स्थानीय ४७ वर्षिय र सिम्रौनगढ नगरपालिका वडा नं.४ घर भई जीतपुरसिमराको वडा नं.१९ ईनरवासिरा स्थित स्थानीय मस्जिदमा बस्दै आएका ३१ वर्षिय पुरुषमा कोरोना संक्रमण रहेको पुष्टि भए पछि जिल्लाबासी त्रसित बनेका हुन् ।

cold baat bachau

यहाँमा सञ्चालनमा रहेका अति आवश्यक तरकारी तथा खाद्यान्न व्यापरीले अआफ्नो व्यापार पूर्ण रुपमा बन्द गरेका छन् ।

tamagadhi emergency add

बाराको छिमेकी जिल्ला पर्सा र रैतहटमा कोरोना भाइरसको संक्रमणको त्रासमा रहेका बारालीहरु पनि जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकामा कोरोना पुष्टि भए पछि निकै त्रसित भएका हुन् ।

Breast Feeding Ads

बाराको मुख्य बजार क्षेत्र रहेको जीतपुरमा भेटिएका संक्रमितहरू गएको फागुन २८ गते नेपाल फर्किएका थिए ।

Kolhabi Ads

मुख्य सहरका व्यक्तिमा नैं संक्रमण भए पछि स्थानीय भने त्रसित बनेका हुन् । दुबै सक्रमितमा ४९ दिन पछि कोरोना रहेको पुष्टि भएको हो ।

यस्तै जिल्लाको निजगढ, कोहल्बि, सिमरा, कलैयालगायतका स्थानीय बिहान सम्म अति आवश्यक तरकारी तथा खाद्यान्न किन्न बजार सम्म आउँने गरेका भएता पनि अहिले सुनसान देखिएको छ ।

यसैबिच भरतको दिल्लीको नेजामुदिन मरकचमा आयोजित तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका दुबै जना कोरोना संक्रमितको सम्पर्कका आएकाहरूको खोजी कार्य समेत तिब्र पारिएको छ ।

उनीहरू ६ मार्चमा दिल्ली गएर ११ मार्चमा अर्थात फागुन २८ गते नेपाल फर्किएका थिए । भने चार दिन अगि बैशाख १४ गते मात्रै उनिहरूलाई क्वारेन्टाइनमा राखिएको हो ।

सोहि दिन उनिहरुको स्वाब परिक्षणका निम्ति राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा पठाईएको थियो ।

संक्रमितहरूलाई जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२ सिमरामा बनाईएको कोरोना अस्पतालमा रहेको आईसोलेसन वार्डमा राखिएको थियो ।

विश्व नैं अहिले माहामारीको रूपमा रहेको कोरोनाको कहरबाट गुज्रिरहेको अवस्था छ । देश बिदेशबाट नेपाल आउनेहौर्ले आफैले पनि क्वारेन्टाईनमा गएर स्वास्थ्य परिक्षण गराउनु पर्ने आवश्यक देखिन्छ । यो समाचार श्याम गुप्ताले खरीबोट डट कममा लेख्नु भएको छ ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।