बाहिरबाट रौतहट पुगेकाहरु थर्मल गनको परीक्षणलगत्तै गाउँ घुम्न थाले

0 0
Ads here
Read Time:3 मिनेट, 6 सेकेन्ड

रौतहट । थर्मोगनले हुने जाँचको भरमा काठमाडौं लगायत विभिन्न ठाँउबाट आएकाहरु गाँउ घुुम्न थालेपछी रौतहटमा कोरोना जोखिमको त्रास बढेको छ । अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्नुुपर्ने ब्यवस्था बिपरित खुुलारुपमा उनीहरु गाँउ–गाँउ घुुम्न थालेका कारण जोखिम बढेको हो । कोरोना भाईरस नियन्त्रण गर्न गत चैत ११ गतेदेखी अगामी २५ गतेसम्म सरकारले लगातार लकडाउन जारी राखेको छ । लकडाउनका कारण राजधानी काठमाडौं लगायतका स्थानमा अलपत्र रहेका अधिकांश रौतहटवासीलाई स्थानीय तहले उद्धार गरेको छ ।

कटहरिया, गुजरा, फतुवा बिजयपुर, ईशनाथ लगायतका नगरपालिकाले लकडाउनकै अवधिमा जिल्ला प्रशासन कार्यालय गौरबाट पास लिएर अलपत्र परेका २१ सय ८५ जनालाई गाउँ भित्र्याएको जनस्वास्थ अधिकृत सुुनिल यादवले बताए । त्यसअघि पैदल हिँडेर वा अन्य साधनबाट काठमाडौं लगायतका विभिन्न स्थानबाट सैयौं मानिस रौतहट  भित्रिएका छन् ।

cold baat bachau

भारतबाट चोरबाटो आउने अधिकांशलाई क्वारेन्टाईन पठाइए पनि नेपालका विभिन्न स्थानबाट आउने अधिकांश मानिस घरमै बसेका छन् । उनी १४ दिन परिवारका अन्य सदस्यहरुसंग टाढा बसेमा मात्र कोरोना भाईरसको जोखिम नहुने चन्द्रपुर अस्पताल प्रालिका निर्देशक डाक्टर सुवास चौधरी बताउँछन् । तर बल मिच्याई गरेर अधिकांश मानिस घरमा नबसेर गाँउ गाँउमा घुुमिरहेको मौलापुर नगरपालिका वडा ६ का अध्यक्ष उपेन्द्र जयसवालले गुुनासो गरे ।

tamagadhi emergency add

उनीहरु बाहिरबाट आएर थर्मोगनबाट परीक्षण गराउने र शरीरको तापक्रम कम देखाउनासाथ बाहिर घुुम्न थाल्ने गरेको वडा अध्यक्ष जयसवालले बताए । मौलापुर मात्र नभई जिल्लाको १८ वटै स्थानीयतहमा बाहिर बाट आएकाहरुसँग कोरोना भाइरसको ठुुलो जोखिम रहेको वडा अध्यक्ष जयसवालले गुुनासो गरे ।

Breast Feeding Ads

रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बाहिरबाट आएकाहरुलाई अनिवार्य क्वारेन्टाईन पठाउन सबै स्थानीय तहलाई निर्देशन दिइसकेको बताए । निर्देशन विपरित बाहिर घुुम्ने जो कोहीलाई पक्राउ गरी क्वारेन्टाईनमा पठाउने चेतावनी समेत घिमिरेले दिए । रातो पाटीबाट सभार

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।