बारामा संक्रमित भेटिएको दुई गाउँ सिल

0 0
Royal job Link
Read Time:1 मिनेट, 35 सेकेन्ड

वीरगञ्ज । बारामा कोरोना संक्रमित भेटिएको दुई गाउँलाई स्थानीय प्रशासनले सिल गरेको छ । दिल्लीको मर्कजमा सहभागी दुई जनामा बुधबार कोरोना संक्रमणको पुष्टि भएको थियो ।

उनीहरु बसोबास गर्दै आएको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर ७ जीतपुर र वडा नम्बर १९ ईनरुवासिरा क्षेत्रलाई प्रशासनले क्षेत्र सिल गरेको छ ।

raining add

जीतपुरका ४३ वर्षका र सिम्रौनगढ घर भई ईनर्वा सिमरास्थित मस्जिदमा बस्दै आएका ३५ वर्षका संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका ७ जना पहिचान गरिएको छ । उनीहरुलाई जीतपुर सिमरामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसनमा राखिएको छ ।

tamagadhi emergency add

उनीहरु बस्दै आएको क्षेत्रमा पूर्ण रुपमा आवतजावत बन्द गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।

Breast Feeding Ads

‘संक्रमित भेटिएको दुवै ठाउँ सिल गरिएको छ । कन्ट्याक्ट ट्रेसिङ पनि शुरु गरिएको छ’ प्रजिअ पण्डितले भने ‘दुवै संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेका परिवारका सदस्य, एक सवारी चालक र आफन्त समेत गरी ७ जनालाई आईसोलेसनमा राखेका छौं ।’ अनलाइन खबर

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु