बारागढि गाउपालिकामा राहत वितरण शुरु, वडा नं. पाँच सिंहासनीमा आज बाँड्दै

1 0
Ads here
Read Time:3 मिनेट, 33 सेकेन्ड

चेरवन्त खबर कोल्हबी:- कोरोना भाइरस (कोभिड- १९ ) रोकथाम र नियन्त्रण गर्न सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गरी जिवनयापन गर्ने अति बिपन्न घर परिवारलाई बारागढि गाउपालिका वडा नम्बर पाँच सिंहासनीमा आज देखि राहत वितरण शुरु गरको छ ।

सो राहत वितरणमा चार जना भन्दा कम परिवार संख्या भएकालाई बिस किलो चामल, एक किलो दाल, दुई किलो चिउरा, एक किलो चिनि, एक किलो नुन र एक लिटर खाने तेल दिएका छन भने चार जना भन्दा माथि संख्या भएको घर धुरीलाई तिस किलो चामल, दुई किलो दाल, चार किलो चिउरा, एक किलो चिनि, एक किलो नुन र दुई लिटर खाने तेल सो वडाको कार्यालयमा बोलाई गाउपालिकाका प्रमुख देवदत बछार थारु, प्रमुख प्रशासकिय अधिकृत आमोद चौधरी र गाउपालिकाको प्रवक्ता अच्छेलाल रामको रोहबरमा छ सय अन्ठाउन्न घर पविारलाई राहत बाँडेका छन् ।

cold baat bachau

त्यस वडामा रहेका गरिब, असहाय, दलित, एकल महिला लगायतका घरधुरीलाई भेदभाव नगरी बास्तविक पहिचान गरेर कोहि पनि नछुटु भन्ने उदेश्यले सो वडामा पन्ध्र सदस्यिय समिति गठन गरेको थियो । गाउपालिका सदस्य अर्थात वडा नम्बर पाँचका वडाध्यक्ष्यक्ष मनेजर चौधरी संयोजक रहने गरी सदस्यमा नेपाली काँग्रेसका तर्फबाट भुलावन चौधरी र हरिन्द्र यादव, नेपाल कम्युनिस्ट पार्टिबाट रामजिवन चौधरी, राजेन्द्र चौधरी र लिलावती थरुनी रहेका थिए । त्यस्तै सदस्यकै पदमा जनता समाजवादी पार्टिबाट बृजकिशोर राम र बेचु चौधरी लगायत ईलाका प्रहरी कार्यालय बारागढि खोंपवाका सहायक प्रहरी निरिक्षक सुरेन्द्र प्रसाद चौधरी, श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय सिंहासनीका प्रधानाध्यापक देवराज प्रसाद चौधरी, श्री नेपाल आधारभुत चेरवन्त पथराका प्रधानाध्यापक कृष्ण प्रसाद चौधरी, वडा सदस्य गोपिचन यादव र बिनोद सहनीको साथै सदस्य सचिव रामएकवाल प्रसाद साह चुनिएका थिए ।

tamagadhi emergency add

करिब चार हजार पाँच सय ज्याला मजदुरी गरी खाने अति बिपन्न घर परिवारलाई राहत स्वरुप खाद्यान्न सामग्री बाँड्ने उदेश्य लिएका बारागढि गाउँपालिकाले भोली १५ गते वडा नम्बर १ को बसतपुर पिपरा र वडा नम्बर ४ सुखी पथरामा राहत वितरण गर्नेछन् भने १६ गते वडा नम्बर ६ गडहल त्यस्तै १८ गते वडा नम्बर २ बिसुनपुर्वा र वडा नम्बर ३ खोंपवामा वितरण गर्ने प्रमुख प्रशासकिय अधिकृत चौधरीले जानकारी दिनु भयो ।

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
100 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।