वडाध्यक्ष साह बिरुद्घ बिभिन्न संचारबाट समाचार आउदा अपनाए सतर्कता

Ads here
Chaudhary Traders
Read Time:4 मिनेट, 10 सेकेन्ड

चेरवन्त खबर

Manakamana Gold

बारा : कोरोना भाइरसको माहामारी फैलिन नदिन र रोकथाम गर्नको लागि सरकारले लकडाउन जारी राखेका बेला बाराको करैयामाई गाउँपालिकाका वडा नम्बर ८ का वडा अध्यक्ष सुरेन्द्र प्रसाद साहले हुल जम्मा गरी पञ्चायती गरिरहदा केहि स्थानीयहरुले बिरोध गरको खबर बिभिन्न संचार माध्यमबाट प्रकाशित हुंदा स्थानिय प्रहरीको सहयोगमा लक डाउनलाई थप कडा गरेको छ ।

लकडाउन जारी रहेको बेला वडा अध्यक्ष साहले लकडाउन नै समर्थन गर्नुपर्ने ठाउँमा लकडाउनको बिरुद्ध लागेको स्थानीयहरुको आरोप रहेको थियो । करैयामाई गाउँपालिका वडा नम्बर ८ ईटहरको स्थानीय बिजय साह सोनार तथा लक्ष्मी पटेल बिच झग्डा भएको थियो । सोनारले मापसे गरी राती पटेललाई कुटपिट गरेको थियो । झग्डा भएपछि वडा अध्यक्ष साहले गाउँलेलाई नै जम्मा गरी पञ्चायती गरेको थियो । वडा अध्यक्ष साहले हुल जम्मा गरी पञ्चायती गरेको भनी स्थानीय रामनिवास सर्राफले फोटो तथा भिडियो खिच्दा वडा अध्यक्ष साह तथा वडा अध्यक्षका भाई लालबावु साहले कुटपिट गर्ने तथा मार्ने धम्की दिएका थिए । वडा अध्यक्ष साहले मापसे गरी राती राती सर्वसाधारण जनतालाई धम्की दिने गरेको र सोहि विषयलाई लिएर स्थानीयहरु वडा कार्यालयमा जाँदा वडा अध्यक्ष साहले प्रहरी लगाई स्थानीयहरुलाई कुटपिट गराएको समाचार प्रकाशित हुंदा प्रभाव परेकाले सतर्कता अपनाएको देखिन्छ ।

Novel Corona Ads

वडा कार्यालयले गर्ने गाँउ भेला, सभा, सम्मेलन, तालिम स्थानीय झै– झगडा, जग्गा–जमिन सम्बन्धि बिवादका बिषयमा हुने मेलमिलापका कार्य जस्ता लकडाउनलाई असर पर्ने खालका गतिविधिमा रोक लगाइएको उहाँले बताउनुभयो । लकडाउनले विकास निर्माणको कार्यलाई प्रभावित गरेको भए पनि वडाबासीको जिउधनको सुरक्षा स्थानिय सरकारको पनि पहिलो प्रथमिकतामा रहेको हुनाले वडा कार्यालय पनि सोही अनुसार काम गर्नु पर्ने साहले वताए ।

Incidents Registration

लकडाउनको कारणले गर्दा रोजगारको लागि बाहिर रहेका वडाबासीहरु गाउँ फर्केका कारण वडाको टोल–टोलमा ह्वात्तै भिडभाड बढेकोले तिनिहरुको तथ्याङ्क संकलन गर्ने कार्य भएको तथा निजहरुलाई होम क्यारेन्टाईनमा बस्न आग्रह गरिएको भए पनि चोकहरुमा भिडभाड हुन थाले पछि वडा कार्यालयले पछिल्लो पटक स्थानिय प्रहरीको सहयोगमा लक डाउनलाई थप कडा गरेको बताउनु भयो ।
साहले वडा नं. ८ मा कुनै किसिमको भिडभाड हुने गतिविधि नगर्न गराउन स्थानियबासीहरुलाई अनुरोध गरिएको, मठ मन्दिर, मस्जिदमा अत्याधिक भिडभाड हुने गरी धार्मिक क्रियाकलाप नगर्न अनुरोध गरिएको र एकै स्थानमा बढी व्यक्तिहरु जम्मा नहुन पनि वडा कार्यालयले अनुरोध गरेको हो । कोरोना नियन्त्रणको लागि सरकारले जारी गरेको लकडाउनलाई मध्य नजर गर्दै वडा नं. ८ को इटहर टोलमा पूर्व निर्धारित विष्णु महायज्ञ पनि अर्को सूचना जारी नहुनजेल सम्मको लागि स्थगित गरिएको पनि जानकारी दिए ।

Breast Feeding Ads
0 0

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो
author
Kolhabi Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
100 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो