कोरोना भाइरसबाट अमेरिकामा ज्यान गुमाउनेको संख्या ५० हजार नाघ्यो

Ads here
Read Time:1 मिनेट, 58 सेकेन्ड

अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा मात्र ३ हजार भन्दा बढीको मृत्यु भएको छ भने कुल मृतक संख्या ५१ हजार १७ पुगेको छ ।अमेरिकामा कोरोना सक्रमितको संख्या ८ लाख ९० हजार पुगेको छ । तर अमेरिकामा मृत्यु दर भने युरोपका देशका तुलनामा कम भएको त्यहाँको सरकारले बताएको छ ।

Manakamana Gold

अमेरिकाको जर्जिया, आलास्का, ओक्लाहोमालगायत केही राज्यमा शुक्रबारदेखि नै पसलहरु खोल्न थालिएको छ । कोरोना भाइरसको संक्रमण हुने र मृत्यु हुनेमा अमेरिका पहिलो नम्बरमा रहेको छ । यद्यपि यहाँका जनसंख्या पनि धेरै रहेको छ ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसका कोभिड १९ टास्क फोर्सका विज्ञ डा. डेबोर ब्रिक्सका अनुसार अमेरिकामा कोभिड १९ को मृत्युदर विश्वका अरु देशको तुलनामा कम छ । जनसंख्याको आधारमा स्पेन, इटली, फ्रान्स, बेल्जियम र बेलायतमा भन्दा अमेरिकामा मृत्युदर कम रहेको उनको दावी छ ।जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोरोना भाइरस संक्रमितको मृत्युदर प्रति एक लाखमा १५ जना मात्र रहेको छ । जबकी इटलीमा प्रति एक लाखमा ४२, स्पेनमा ४७, फ्रान्समा ३२, वेल्जियममा ५६ र बेलायतमा २८ जना रहेको छ ।

 

Incidents Registration
0 0

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो
author

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो