बेलायतमा पहिलोपटक बिरामीलाई कोरोना भ्याक्सिन दिएपछि जागेको आशा

Ads here
Read Time:8 मिनेट, 47 सेकेन्ड

युरोपमै पहिलो पटक बेलायतले अक्सफोर्डमा बिरामीलाई कारोना भाइरसविरुद्ध भ्याक्सिन दिएको छ। दुईजना स्वयंसेवकलाई भ्याक्सिन दिइएको हो। यसले कस्तो असर पर्छ भन्ने हेर्न सुरुआती चरणमा ८ सय जनालाई भ्याक्सिन दिने तयारी गरिएको छ।

Manakamana Gold

यिनीहरुमध्ये आधालाई कोभिड–१९ भ्याक्सिन दिइनेछ भने आधालाई मेनिन्जाइटिसबाट रोक्ने भ्याक्सिन दिइनेछ। यसरी भ्याक्सिन दिँदा कुन व्यक्तिलाई कुन भ्याक्सिन दिइएको भन्ने केवल डाक्टरलाई मात्र थाहा हुन्छ, लिने व्यक्तिलाई यसको पत्तो हुँदैन।

इलिसा ग्रानाटो भ्याक्सिन लिने दुईजनामध्ये एक हुन्। उनले बिबिसीसँगको कुराकानी गर्दै भनिन्, ‘म वैज्ञानिक हुँ, तसर्थ, यो वैज्ञानिक प्रक्रियालाई म सकेसम्म सहायता पु¥याउन चाहन्छु।’

यो भ्याक्सिन तीन महिनाको अवधिमा अक्सफोर्डको टिमले तयार पारेको हो। यसको प्रिक्लिनिकल रिसर्चका लागि जेन्नर इन्स्टिच्युटका भ्याक्सिनोलोजीका प्राध्यापक साराह गिल्बर्ट नेतृत्व गरेकी हुन्।

‘व्यक्तिगत रुपमा मलाई यो भ्याक्सिनप्रति एकदमै उच्च विश्वास छ,’ उनले भनिन्।

‘शायद, हामीले यसको परीक्षण गर्नुपर्छ, र मानिसहरुबाट डाटा लिनुपर्छ। हामीले यो भ्याक्सिन मासमा प्रयोग गर्नुअघि यसले वास्तवमा कसरी काम गर्छ, अनि मानिसलाई कोरोना भाइरसबाट संक्रमति हुनबाट कसरी रोक्छ भन्ने परीक्षण गर्नुपर्छ।’

प्राध्यापक गिल्बर्ट पहिले आफू भ्याक्सिनप्रति ८० प्रतिशत विश्वस्त रहेको बताएकी थिइन्, तर, उनले अहिले भने यसलाई ठ्याक्कै अंकमा यति भन्न चाहिनन्, यति मात्र भनिन् कि यसले गर्छ भन्नेमा उनी ज्यादै आशावादी छन्।

यो भ्याक्सिनले कसरी काम गर्छ ?

यो चिम्पान्जीलाई रुघाखोकी भाइरस (एडेनोभाइस)विरुद्ध दिइने भ्याक्सिनको अलि कमजोर भर्सनका रुपमा बनाइएको हो, यसलाई मोडिफाइ गरिएकाले यो मानिसमा वृद्धि हुन सक्दैन।

अक्सफोर्ड टिमले यसअघि पनि मेर्सविरुद्धको भ्याक्सिन विकास गरिसकेको छ र, यही विधि प्रयोग गरेर कोरोना भाइरस विरुद्धको भ्याक्सिन बनाइएको हो, जसको क्लिनिकल ट्रायलमा अत्यन्त आशातीत नतिजा आएको थियो।

यसले काम गरे या नगरेको कसरी थाहा हुन्छ ?

कोभिड-१९ भ्याक्सिनले काम गरेको छ कि छैन भनी टिमले थाहा पाउने एउटा मात्र उपाय छ–यो भ्याक्सिन लगाइसकेपछि आगामी दिनमा पहिलेको तुलनामा कोरोना संक्रमित व्यक्तिको संख्या बढ्यो कि बढेन भनेर हेर्ने हो।

अक्सफोर्ड भ्याक्सिन ग्रुपका निर्देशक प्राध्यापक एन्ड्रयु पोलार्डले भनेका छन्– हामी अहिलेको महामारीलाई रोक्न लागिपरेका छौं, यदि भ्याक्सिन लगाइसकिए पछि पनि केही महिनामा संक्रमण उस्तै रह्यो भने यसले काम ग¥यो भनेर भन्न सक्दैनौं। यद्यपि, यो भाइरस नगइसकेकाले भविष्यमा निक्कै केसहरु हुने अपेक्षा गर्न सकिन्छ। पोलार्डले भ्याक्सिन ट्रायलको नेतृत्व गरिरहेका छन्।

भ्याक्सिन अनुसन्धाताले यो परीक्षणमा स्थानीय स्वास्थ्यकर्मीलाई प्राथमिकता दिइरहेका छन्, किनभने उनीहरुमा अरुलाई भन्दा भाइरस संक्रमण हुने सम्भावना बढी हुन्छ। आगामी महिनामा करिब ५ हजार स्वयंसेवकलाई भ्याक्सिन दिन सुरु गरिनेछ, त्यसमा उमेरको कुनै सीमा तोकिएको छैन।

बुढा मानिसको प्रतिरक्षात्मक क्षमता कमजोर हुने भएकाले भ्याक्सिनले काम ग¥यो कि गरेन भनी थाहा पाउन अलिक समय लाग्छ। कतै बुढा व्यक्तिलाई यो भ्याक्सिनको दुई डोज चाहिने त होइन भनी अनुसन्धाताले मूल्यांकन गरिरहेका छन्।

अक्सफोर्ड टिमले अफ्रिकाको केन्या, जहाँ कोरोना संक्रमण दर ज्यादै कम छ, मा भ्याक्सिन ट्रायल गर्नेबारे सोचिरहेको छ।

Incidents Registration

यदि संख्या नै समस्या हुने हो भने कोरोना भाइरसले स्वयंसेवकलाई देखिने गरी संक्रमण गर्दैनरु

त्यो भ्याक्सिन प्रभावकारी भयो भन्ने पत्ता लगाउन चाँडो र निश्चित विधि हुनसक्छ, तर, नैतिक रुपमा यसले प्रश्न भने उठाउनेछ किनभने कोभिड–१९ का लागि प्रमाणिक उपचार विधि नै छैन अहिलेसम्म।

तर, भविष्यमा यो सम्भ्व हुनसक्छ। प्राध्यापक पोलार्डले भने– यदि हामी यो रोगको केही उपचार विधि हुने विन्दुमा पुग्यौं र, स्वयंसेवकको सुरक्षाको बारेमा केही निश्चितता दिन सक्यौं भने भ्याक्सिन परीक्षणका लागि त्यो सुखद हुनेछ।

यो सुरक्षित छ?

आगामी महिनामा ट्रायल गरिएका स्वयंसेवकलाई एकदमै सावधानीसाथ अनुगमन गरिनेछ। उनीहरुलाई भ्याक्सिन लगाएको पहिलो साताको केही दिन पाखुरा दुख्ने, ज्वरो आउने, टाउको दुख्ने आदि समस्या हुन्छ भनी भनिएको छ।यो भाइरसले कोरोना भाइरसलाई गम्भीर प्रतिक्रिया दिनसक्ने सैद्धान्तिक जोखिम रहेकोबारेमा पनि जानकारी दिइएको छ, जुन सार्स एनिमल भ्याक्सिन अध्ययन गर्दा देखिएको थियो।

तर, अक्सफोर्ड टिमले भने यसको डाटाका आधारमा यो भ्याक्सिनबाट कुनै रोग बढ्ने सम्भावना भने न्यून रहेको जनाएको छ।

वैज्ञानिकहरुले सेप्टेम्बरसम्म भ्याक्सिनको १० लाख डोज तयार हुने आशा व्यक्त गरेका छन्। यदि भ्याक्सिन प्रभावकारी हुने प्रमाणित भएमा यसको उत्पादनलाई अझै बढाएर लैजाने जनाइएको छ।

यो भ्याक्सिन कसलाई सुरुमा दिइन्छ ?

यो भ्याक्सिन कसलाई सुरुमा दिइने भन्नेबारे निर्णय भएको छैन। प्राध्यापक गिल्बर्ट भनेकी छन् कि यो कसलाई दिने भनी निर्णय गर्ने उनीहरुको भूमिकाको कुरा होइन, उनीहरुले त खाली राम्ररी काम गर्नसक्ने भ्याक्सिन तयार पार्ने हो, यसको निर्णय गर्ने जिम्मा त अरुकै हो।

यसमा थप्दै प्राध्यापक पोलार्डले भने–जसलाई भ्याक्सिनको अत्यन्त जरुरत छ, तिनीहरुका लागि भ्याक्सिनको डोज पर्याप्त हुनेछ। यो भ्याक्सिन खाली बेलायतको लागि मात्र होइन, अन्य विकासशील देशका लागि पनि हो।

लन्डनस्थित इम्पेरियल कलेजको अर्को टिमले पनि जुनमा कोरोना भाइरस भ्याक्सिनलाई आगामी जुनमा मानिसमाथि परीक्षण गर्दै छ।

अक्सफोर्ड र इम्पिेरियल टिमले सरकारबाट ४० मिलियन पाउन्ड फन्ड पाएका छन्। बीबीसी

1 0

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो
author

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो