बाराको पटेर्वा बजारमा मल कालोबजारी गर्ने एकजना व्यापारी पक्राउ

0 0
Ads here
Read Time:1 मिनेट, 46 सेकेन्ड

बारा जिल्लाको आर्दश कोतवाल वडा लम्बर  ६ पटेर्वा बजारमा कृषकलाई सहुलियत दरमा मल उपलब्ध गराउने भनेर कृषि सामग्री कम्पनी लिमिटेडबाट अनुदानमा रु. ७०० मा मात्र खरिद गरी ल्याएको मल ११ सय ५० रुपैयाँमा बिक्री गरिरहेका एकजना व्यापारीलाई प्रहरीले पक्राउ गरेको हो ।

cold baat bachau

कलैयाबाट ना. ६ त. ६९६२ नम्बरको ट्रयाक्टरमा लगेर कालोबजारी गरी बढि मुल्यमा बेच्दै गर्दा रंगेहाथ पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका वडा ८ कचोर्वाका व्यापारी रबिन्द्र यादव र ट्रयाक्टर चालक सोही ठाँउका रामाकान्त साह रहेको ईलाका प्रहरी कार्यालय चिँउटाहाका प्रमुख सहायक प्रहरी निरिक्षक अवधेश चौबेले जानकारी दिएका छन् । यादवको ट्रयाक्टरमा १ सय २० बोरा युरिया मल समेत बरामद भएको सई चौबेले बताए ।

tamagadhi emergency add

यादवलाई आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय कलैयामा पठाईएको ईलाका प्रहरी कार्यालय चिँउटाहाले जानकारी दिएको छ । बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राका अनुसार पक्राउ परेका यादव र साहबिरुद्ध कालोबजारी एन अन्तर्गतको मुद्दा दर्ता भई जिल्ला अदालत कलैयाबाट म्याद समेत थप गराई कारवाही प्रकृया अगाडी बढाइको जनकारी गराए ।

Breast Feeding Ads
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads