बारामा कुहिएको चामल बाँडेको आरोपमा मेयर पक्राउ

0 0
Ads here
Read Time:2 मिनेट, 19 सेकेन्ड

कलैया  : कालोबजारी गरेको भन्दै बाराको कलैया उपमहानगरपालिका मेयर राजेश राय यादवलाई बारा प्रहरीले पक्राउ गरेको छ । कलैया उपमहानगरपालिकाका विभिन्न वडाहरुमा राहतमा कुहिएको दाल वितरण गरेपछि अन्सन्धानका लागि प्रहरीले मेयर यादबलाई नियन्त्रणमा लिएको हो ।

cold baat bachau

कालोबजारी ऐन अन्तर्गत दर्ता भएको मुद्दाको अनुसन्धानको क्रममा मेयर यादवलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्त गौतम मिश्रले जानकारी दिनुभयो ।

tamagadhi emergency add

कलैया उपमहानगरपालिकाले लकडाउनबाट समस्यामा परेका अति विपन्न परिवालाई कुहिएको दाल राहतमा वितरण गरिएपछि प्रहरीले अनुसन्धान गरि कालोबजारी मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाएको थियो ।

Breast Feeding Ads

सो क्रममा राहतमा वितरण गर्नको लागि दाल स्टोर गरिएको कलैया उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको यादव कोल्ड स्टोरमा राखिएको ३ सय ८० बोरा दाल नियन्त्रणमा लिई प्रहरीले स्टोरलाई शिल समेत गरेको थियो ।

Kolhabi Ads

प्रहरीले त्यहाँ स्टोर गरिएको दालको नमुना लिएर खाध प्रविधि तथा गुण नियन्त्रण प्रयोगशाला हेटौँडामा परीक्षणको लागि पठाएकोमा र त्यहाँबाट दाल गुणस्तहीन रहेको प्रमाणित भएको लगतै मेयरलाई नियन्त्रणमा लिएका हो ।

नेपाली कांग्रेसका नेता एवं पुर्वसांसद राधेचन्द्र यादवको नाममा रहेको उक्त गोदाम उनका छोरा कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवले सञ्चालन गर्दै आएका छन् ।मेयर यादवलाई कुहिएको दाल बेचबिखन गरेको आरोपमा प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिई कालोबजारी मुद्दा लगाइएको जील्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु