पचरौता नगरपालिकाको बेल्दारीमा राहत बितरण

Ads here
Chaudhary Traders
Read Time:2 मिनेट, 21 सेकेन्ड
Manakamana Gold

२०७७ बैशाख ९
सिकिन्द्र साह
बारा जिल्लाको पचरौता नगरपालिका वार्ड नम्बर पाच बेल्दारीमा राहत बितरण गरिएको थियो । बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोकथाम गर्न र फैलिन नदिन सरकारले यरेको लक डाउनको कारणले गर्दा गरिब, अति बिपन्न तथा दलित ज्यालादारी गरि जीवन जिउने ब्यक्तीलाई पहिचान गरि सर्बदलिए बैठक बसाई दाल, चामल, नुन, आलु र खाने तेल लगायतका सामग्री बितरण गरिएको हो ।

राहत बितरण कार्यक्रममा नगर प्रमुख रमेशकुमार यादवले बोल्दै नगर प्रमुख भए देखि नै नगरपालिकाको सम्पुर्ण वाडामा बिकाशको गतिविधि देखि लिएर गरिब तथा पिछडिएको वर्गहरुलाइ समस्या समाधान प्रती लागेका छौ ।

Novel Corona Ads

अहिलेको अवस्था बिश्व नै आर्थिक अवस्थामा संकटमा लम्की रहेको छ । लक डाउन सफल गरिदिनु हुनको लागि आ आफ्नो घरमा बसिदिन आग्रह समेत गरेका थिए । साथै वडा अध्यक्ष लक्ष्मी यादवले सर्बदलिय बैठक बसाएर राहत बितरण प्रकृयामा लागेर राहत बितरण गर्न ब्यवस्था मिलाएको बताएका थिए। पचरौता नगरपालिकाको वडा नम्बर पाच टोल बेलदारिमा स्थानिय सरकारको नीति अनुसार तथा प्रदेश सरकारको ऐन अनुसार बिगत लामो समय देखि काम गरिरहेको र आफ्नो पदिय दायित्व निर्वाह गरिरहेको बताए ।

Incidents Registration

सो कार्यक्रममा प्रहरी सहायक निरिक्षक सिकिन्द्र साह, सशस्त्र प्रहरी निरीक्षक कुल खड्का रन्जीत जैसवाल वार्ड अध्यक्ष कन्हैया यादव रामबलक यादव तथा विभिन्न पार्टीको नेताहरूको सहभागीतामा समाजिक दुरि कायम गरि चार सय अठार घरधुरीलाई राहत बितरण गरिएको थिए।

Breast Feeding Ads
0 0
Kolhabi Ads
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु