कोल्हबी क्वारेन्टाइनमा रहेका तिन जनालाई फुलको गुच्छा सहित घर पठाइयो

0 0
Ads here
Read Time:4 मिनेट, 10 सेकेन्ड

चेरवन्त खबर कोल्हबी

cold baat bachau

बारा जिल्लाको कोल्हबी नगरपालिकाले कोरोना संक्रमण फैलिन नदिन वडा नम्बर चार स्थित श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक बिद्यालय सपहीमा निर्माण गरेको क्वारेन्टाइनमा रहेको नौ जना मध्ये आज तिन जनालाई घर पठाइएको छ । भारतमा कमाउन गएका उनिहरु घर फर्किए पछि वडा नम्बर सातका वडाध्यक्ष बिरेन्द्र प्रसाद चौधरीले सकृयताका साथ पहल गर्दा सपहीको क्वारेन्टाइनमा राखिएको थियो ।

tamagadhi emergency add

नेपाल सरकारले तोकेको तिन हप्ता अर्थात २१ दिन क्वारेन्टाइनमा राखिंदा पनि हालसम्म उनिहरुमा कोरोना भाइरसको कुनै किसिमको लक्षण समेत नदेखिएकोले उनिहरुलाइ घर पठाइएको हो । उनीहरुलाई घरमा पनि सचेत भएर बस्ने सुझाव सहित फुलको गुच्छा प्रदान गरेर नगर प्रमुख भरत बहादुर भण्डारीले, कुनै किसिमको लाज संकोच नमान्न समेत आग्रह गर्नु भएको थियो । र अन्यलाई पनि स्वास्थ्य अवस्था हेरेर नेपाल आएको समय र क्वारेन्टाइनमा बसेको समय सबै मूल्याङ्कन गरेर क्रमसः घर पठाई दिने उहाँले बताउनुभयो । हालसम्म कोल्हबी लगायत जिल्लाका विभिन्न क्वारेनटाइनमा बसेकाहरुलाई कुनै पनि कोरोना भाइरसको लक्षण नदेखिएको भन्दै वहाँले सामान्य लक्षण देखिने बितिकै जिल्लाले आइसोलेसनमा राख्ने तयारी गरिसकेको बताउनुभयो । यदि कोही संक्रमित भेटिएमा वा कोरोना भाइसको लक्षण देखिएमा उपचारका लागि जिल्लामा आइसोलेसन बेड तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो । जिल्लाको बिभिन्न ठाउँमा निमार्ण भएको क्वारेन्टाइन मध्ये कोल्हबीमा राखिएको क्वारेन्टाइन राम्रो र ब्यबस्थित भएको हुनाले जिल्लाकै दोस्रो नमुनाको रुपमा रहेको जिल्ला प्रमुख रुद्र प्रसाद पंडितद्वारा प्रशंसा गरिंदा नगर प्रमुख भण्डारी खुशि र धन्यवाद समेत ब्यक्त गर्नु भएको छ ।

Breast Feeding Ads

कोरोना भाइरस अर्थात कोभिड १९ को महामारीबाट बच्न र बचाउनको लागि कोल्हबी नगरपालिकाले क्वारेन्टाइन निर्माण गरी ब्यब्स्थापन समितिको संयोजकको रुपमा संयोजन र काम गर्न जिम्मेवारी दिइएकोमा वडा नम्बर चारका वडाध्यक्ष भेष बहादुर ढकालले नगर बिपद ब्यबस्थापन समितिलाई र २१ दिन सम्म अनुशासित लगायत मर्यादित ढंगले क्वारेन्टाइनमा बसि दिएकाले मन्तब्यको क्रममा धन्यवाद ब्यक्त गर्नु भएको थियो । सो कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत हरेन्द्र कुमार श्रेष्ठ, नगर जनस्वास्थ्य संयोजक मोहम्मद सबिर, वडा नम्बर सातका वडाध्यक्ष बिरेन्द्र प्रसाद चौधरी, बारा उद्योग बाणिज्य संघ शाखा कार्यालय कोल्हबीका अध्यक्ष महेश कुमार साह, समाजसेवी तथा सपही कलेजका संयोजक रामप्रसाद चौधरी, ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रहरी निरिक्षक बालिस्टर सिंह, चिकित्सक सुनिल बोगटी मनोज चौधरी लगायतको उपस्थिती रहेको थियो ।

Kolhabi Ads
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु