धोबिनी गाउँपालिका क्वारेन्टाइनमा रहेका ६ जनाको आर.डि.टी. परिक्षण गरेपछी घर फर्काईयो

0 0
Ads here
Read Time:2 मिनेट, 19 सेकेन्ड

राजन कुमार बानियाँ
पोखरिया ८ बैशाख
कोरोना परिक्षणको लागि पर्साको धोबिनी गाउँपालिकामा रहेको क्वारेन्टाइनमा आज आर.डि.टी. परिक्षण गरिएको छ। धोबिनी गाउँपालिका को वार्ड नं ४ मा रहेको श्री काली प्रसाद लाखे माध्यमिक बिधालय लंगडीको क्वारेन्टाइनमा रहेका १२ जना मध्य आज ६ जनाको कोभिड १९ अर्थात कोरोना भाइस संक्रमण परिक्षणको लागि ब्लड संकलन गरि आर डि टी कीटबाट परिक्षण गरिएको हो। क्वारेन्टाइनमा रहेका मध्य ६ जना लाई ¥यापिड टेस्ट गरिए पछी घर फर्काएको र बाँकी ६ जनालाई क्वारेन्टाइन मा राखिएको गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत भरत चौधरीले जनाएका छन। क्वारेन्टाइनमा रहेको ६ जनालाई १४ दिन पुगीसकेपछि कीटको माध्यम बाट आर डि टी परिक्षण गर्दा नेगेटिभ रहेकोले घर पठाएको अधिकृत चौधरी ले जनाए । नारायणी अस्पतालको निर्देशनमा पोखरिया अस्पतालका ल्याब असिस्टेन्टको टोलीले कोरोना सम्बन्धि चेकचाँजको लागि ब्लड संकलन गरि आर,डि,टी कीट को माध्यम बाट परिक्षण गरिएको अधिकृत चौधरी ले जानकारी गराउनु भयो । कोरोना परिक्षणको लागि रक्त सकंलन गरि कीट को माध्यमबाट ¥यापिड टेस्ट परिक्षण गरिएको बताउनु भयो । परिक्षणका क्रममा पोखरिया अस्पतालका ल्याब असिस्टेन्ट सुशील कुमार चौरसिया, वडा अधयक्ष मजिद मियाँ , स्वास्थ्य संयोजक संजय यादव, पत्रकार, सशस्त्र प्रहरी निरिक्षक निरंजन कुमार, ईलाका प्रहरी कार्यालय लंगडी का प्रहरी नायब निरिक्षक वसन्त थापा ,लगायत को सहभागिता रहेको थियो।

cold baat bachau
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
tamagadhi emergency add