हिडेर निजगढ पुगेका यात्रीलाई खाजा र खानाको व्यवस्था

0 0
Ads here
Read Time:3 मिनेट, 37 सेकेन्ड

निजगढ बारा : कोरोनाको संक्रमण फैलिन नपाओस् भनी सरकारले लकडाउन गरेको छ। तर, टाढा टाढाबाट हिँडेरै नागरिकहरु गन्तव्य पहिल्यारहेका छन्। उपत्यकाबाट पैदलै देशका कुना–कुनामा नागरिक पुगिसके। मुख्य राजमार्गदेखि सहायक सडकमा दैनिक पैदल हिड्नेहरुको अझै लर्को छ। 

cold baat bachau

केही दिनयता बाराको निजगढमा पैदलयात्रीलाई दालभात र तरकारी, अचार खुवाउन सुरु गरिएको छ। निजगढको सगरमाथा बचत तथा ऋण सहकारी संस्थाको आफ्नै खर्चमा खाना खुवाउन सुरु गरिएको हो।  संस्थाको संयोजनमा सुरु भएको खाना खुवाउने अभियानमा संस्थामा आबद्ध सदस्य व्यवसायीले खर्च बेहोर्दै आएका संस्थाका अध्यक्ष भोलाप्रसाद गौतमले बताए। ‘पालैपालो खानाको जिम्मा लिने क्रम बढेको छ,’ अध्यक्ष गौतमले भने, ‘संस्थाको संयोजनमा सदस्यहरुले खाना र पानीको लागि आर्थिक सहयोग गरिरहेका छन्।’ आइतबारसम्म एक सय ९६ जनालाई खाना खुवाइएको गौतमले बताए। त्यसका लागि व्यवसायी धर्मेन्द्र साह, विनोद महतोले खर्च बेहोरेका छन्। उनीहरुको साधन प्रयोग गरे खाना खुवाउन ठाउँसम्म १२ किलो परबाट ओसार्ने समेत गरिएको छ। नगरपालिकाले खाजा उपलब्ध गराएको छ सहकारीले अभियान थालेकै दिन निजगढ नगरपालिकाले पनि बकैया पुलछेउमा खाजाको प्रबन्ध गरेको छ। नगरपालिकाले पैदलयात्रीका लागि चाउचाउ, बिस्कुट र पानीको व्यवस्था गरेको हो। संघीय सरकारको परिपत्र आएपछि नगरपालिको बैठकले सहयोगका लागि सार्वजनिक आह्वान गर्दै खाजा र पानीको निःशुल्क व्यवस्था गरेको छ।  त्यहाँ पुगेपछि यात्रुलाई रोकेर आराम गर्न र हातमुख धुन भनिन्छ। प्याकिङमा दाल, भात, तरकारी र अचारसँगै एक बोतल पानी दिइन्छ। खाना नखानेले नगरपालिकाले राखेको खाजा र पानी दिइन्छ।

tamagadhi emergency add

सलार्हीसम्म ट्रकमा यात्रा  खाना र खाजा खाएपछि पैदल यात्रीलाई सलार्हीसम्म पु¥याउनका लागि ट्रक तयारी अवस्था राखिएको छ। निजगढका व्यवसायी खड्गराज मैनालीको ट्रकमा नगरपालिकाले इन्धनको व्यवस्था गरिदिएको छ। उनी आफै गाडी चलाएर सलार्ही जिल्ला पुग्छन्।  ‘मालबहाक ट्रकको पछाडीको खाली ठाउँमा बसाएर ५० किलोमिटर पूर्वलालबन्दी लगेर छाड्ने गरिएको छ,’ मैनालीले भने, ‘सलार्हीको हरिवन नगरपालिकालाई सहकार्यका लागि अनुरोध गरेका छौं। त्यहाँबाट अर्को जिल्लासम्म सवारी साधनको व्यवस्थापन गरेर पठाउन सके राम्रो हुन्थ्यो।’ २ सय भन्दा बढीलाई ट्रकमा राखेर पठाइएको निजगढ नगरपालिकाका सूचना अधिकारी नवीन खनालले जानकारी दिए। थाहा खबरबाट

Breast Feeding Ads
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads