चीनमा खुल्न थाले पर्यटकीय स्थल

Ads here
Chaudhary Traders
Read Time:1 मिनेट, 28 सेकेन्ड
Manakamana Gold

दुई महिना लामाे लकडाउनपछि चीनमा अब पहिलेकै अवस्थामा फर्कँदै छ । जनजीवन बिस्तारै समान्य हुँदै गइरहेको छ ।  

कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण फैलन सुरु भएपछि रोकथाम र नियन्त्रणका लागि दुई महिनाभन्दा धेरै लकडाउन गरिएको थियो । 

Novel Corona Ads

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार बेइजिङमा रहेको ‘चिनियाँ पर्खाल’ सहति ७३ प्रमुख पर्यटकीय स्थललाई खुला गरिएको छ । यी सबै पर्यटकीय स्थल खुला इलाकामा छ । बेइजिङ टुरिज्म ब्यूरोका अनुसार यी सबै ठाउँमा ३० प्रतिशत पर्यटकलाई मात्र जान दिइनेछ । 

योसँगै शङ्घाइमा आधिरातसम्म चल्ने बजार पनि खुल्नेछ । 

Breast Feeding Ads
Incidents Registration

काेराेना भाइरसकाे सङ्क्रमणका कारण चीनमा अहिलेसम्म चार हजार ६ सय ४२ जनाकाे ज्यान गएकाे छ भने ८२ हजार सात सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकाे छ । सङ्क्रमितमध्ये ७७ हजारभन्दा धेरै उपचारपछि निकाे भएका छन् । 

चीनबाट फैलिन थालेकाे भाइरसकाे सङ्क्रमणले अहिले युराेप र अमेरिकामा प्रकाेपकाे रुप लिइरहेकाे छ । स्रोत उज्यालो

Kolhabi Ads
0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु