२०७७ बैशाख ८ गते सोमबारका दिन तपाईंको राशिफल

0 0
Ads here
Read Time:8 मिनेट, 54 सेकेन्ड

वि.सं.२०७७ साल वैसाख ०८ गते । सोमबार । ईश्वी सन् २०२० अप्रिल २० तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ । वैसाख कृष्णपक्ष । तिथि– त्रयोदशी,५५ घडी ०० पला,रातको ०३ बजेर ३६ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र– पूर्वाभाद्रपदा, ०६ घडी ४२ पला,बिहान ०८ बजेर १७ मिनेट उप्रान्त उत्तरभाद्रपदा । योग– ऐन्द्र,३९ घडी १९ पला,बेलुकी ०९ बजेर २० मिनेट उप्रान्त वैधृति । करण– गर,दिउसो ०२ बजेर ३६ मिनेट उप्रान्त वणिज,रातको ०२ बजेर ३६ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–मुसल योग । चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय ०५ बजेर ३७ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३० मिनेट । दिनमान ३२ घडी १२ पला । पञ्चक। सोमप्रदोष व्रत। छन्द दिवस।

cold baat bachau

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउँन सक्छ । पढाइ लेखाइ तपार्ईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । विदेशमा हुनुहुन्छ भने स्वास्थ्य तथा सरसफाईमा ध्यान दिनुहोला । गलत साथिको संगतमा लाग्नाले नराम्रो काममा फस्न सकिने योग रहेकोछ ध्यान दिनुहोला । स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा विशेष ध्यान दिनुहोला ।

tamagadhi emergency add

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) औषधीजन्य तथा खानेकुरासँग सम्वन्धीत व्यापारबाट लाभ लिन सकिनेछ । घर परिवारबाट प्रसस्त सहयोग हुने तथा बुवाको सल्लाह मान्दै अगाडी बढ्दा मनग्ने फाइदा हुनेछ । पढाइ लेखाइमा सुधार गर्दै लान सकिनेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा विशेष ध्यान दिनुहोला ।

Breast Feeding Ads

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) स्वअध्ययनले पढाइ लेखाइमा तपार्ईँको नाम अग्र स्थानमा आउँनेछ । माता पिताको सहयोगले राम्रा काम गरी समाजमा नाम कमाउँन सकिनेछ । गीत संगित क्षेत्रमा रुचि बढ्ने हुँदा केहि समय रमाईलोतिर पनि समय खर्च हुनेछ । समयको गतिसँगै अगाडि बढ्नु होला । स्वास्थ्यको ख्याल गर्नुहोला ।

Kolhabi Ads

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)  आफन्त तथा नजिकका मानिसबाट धोका हुनेछ । संगत गर्दा ध्यान दिनुहोला गलत मानिसको फन्दामा परिन सक्छ । खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । ध्यान अन्यत्रै मोडिदा पढाइ लेखाइमा अरुभन्दा पछि परिनेछ । धर्म कर्ममा मन जानेछ । सरसफाईमा ध्यायन दिनुहोला । तरपनि धार्मिक प्रविति बढ्नाले ध्यान तथा शाधना तिर मन जानेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)  दैनिक कारोबार गर्दा एकदमै ध्यान दिनुहोला रुपैया पैसा हराउँने तथा तलमाथी हुने अधिक सम्भावना रहेकोछ । घर परिवार तथा दिदि बहिनी सँगको सम्वन्धमा दरार आउँने योग रहेकोले सन्तुलित व्यावहार गर्नुहोला । पढाइ लेखाइमा दिईएको समयबाट भनेजस्तो उपलब्धि आउँने सम्भावना कम रहेकोछ भने माया प्रेममा धोका हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)  प्रेम तथा मित्रताको वन्धन कसिलो हुनेछ भने दाम्पत्य जीवन सुखि रहनेछ । बिभिन्न भौतिक वस्तु तथा विलाशी सामानको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मनजाने हुनाले अग्र स्थानमा तपार्ईँको नाम आउँनेछ । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अध्ययनमा समय दिन नसके पनि अतिरिक्त ज्ञान गुनका कुराहरु प्राप्त गर्न सकिने समय रहेकोछ । तपार्ईँको नराम्रो सोच्नेहरु आफै किनारा लाग्नेछन् । सत्रु परास्त हुनेछन् भने ठुला वडाको आशिर्वादले अगाडी बढ्न सहज हुनेछ । परिवारमा मेलमिलावको भाव बढ्नेछ भने एक अर्का विच आत्मियता बृद्धि भएर जानेछ । मामा तथा मावली पक्षका मानिस सँग भेटघाट हुने हुनालेमन प्रशन्न रहनेछ । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) घरमै बसेर अध्ययन गर्नाले पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात लाग्ने योग रहेकोछ भने बौद्धिक,साहित्यिक तथा सिर्जनात्मक क्षेत्रमा समय गर्नुहोला । प्रेम प्रशङमा रमाउँने समय रहेकोछ भने पति पत्नी विच मायाको डोरो कसिलो भएर जानेछ । सरसफाईमा ध्यान दिनुहोला ।  

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पहिलेका कमिकमजोरिहरुलाई सुधार्ने अवसर आउनेछ । आफन्त तथा आमासँग सानो सानो कुरामा विवाद बढ्ने योग रहेकोछ । पढ्ने लेख्ने कामका खासै मन नजादा अरुभन्दा पछी परिनेछ । व्यापार व्यावसायमा मन्दि आउँने तथा घाटा लाग्नेछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार तथा उद्योगमा मन्दि तथा घाटा लाग्नेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा छोटो दुरिको यात्राको तय गर्न सकिनेछ । दाजुभाइ तथा छिमेकीबाट सहयोग हुनेछ । पढाइमा मन जाने तथा लेखन कलाको विकाश हुनेछ । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफन्त तथा परिवारका सदस्यहरुसँग घरायसी कुरामा राय बाजिनेछ भने आफन्तसँग कुनैपनि कारोबार नगर्नुहोला विवाद हुनसक्छ । व्यापार व्यावसायमा समय दिएपनि भनेजस्तो आम्दानी नहुने हुदा दैनिकि प्रभावित हुनेछ । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ भने घर परिवार तथा कुटुम्वसँग मनमुटाव वढ्ने योग रहेकोछ । स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।  

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउँदै नतिजा आफूतिर ल्याउँन सकिनेछ । व्यापार व्यावसायमा मन्दि आउँनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्त बिचको सम्बन्धमा सुधार भएर जानेछ । सुन्दर तथा विलासी बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । रातो पाटिबाट सभार

तपाईको दिन शुभ रहोस् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु