प्रधानमन्त्रीको निर्देशन पछि मजदूरलाई गाडीबाट घर पठाइयो

0 0
Ads here
Read Time:2 मिनेट, 39 सेकेन्ड

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको अवस्थामा घर जान चाहनेलाई प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर सुरक्षितरुपमा व्यवस्थापन गर्न निर्देशन दिएसँगै कास्कीमा अलपत्र मजदुरको उद्धार शुरु भएको छ ।

cold baat bachau

पोखरा महानगरपालिका तथा अन्य सङ्घसंस्थाले घर जान नपाएर अलपत्र नागरिकलाई सहजरूपमा घरसम्म पु¥याउन शुरु गरेका हुन् ।

tamagadhi emergency add

कोभिड–१९ को सम्भावित जोखिम न्यूनीकरण गर्न सरकारले आह्वान गरेको लकडाउनका कारणले गाडी नचल्दा घर जान नपाएका मजदुरलाई पोखरामा वडाले समन्वय गरेर गन्तव्यसम्म पु-याउन शुरु गरेको छ ।

Breast Feeding Ads

महानगरको वडा नं १६, ११ र वडा नं १९ को समन्वयमा बुधबार साँझ रोल्पा र दाङका २१५ मजदुरलाई पोखराबाट पाँच वटा बसमा उनीहरुको घरतर्फ पठाइएको हो ।

Kolhabi Ads

रोल्पाका १७५ जनालाई चार बसमा लिवाङसम्म र दाङका ४० जनालाई सदरमुकामसम्म पु¥याउने व्यवस्था गरिएको वडा नं १६ का वडाध्यक्ष जीवनप्रसाद आचार्यले जानकारी दिए । गण्डकी प्रदेश सरकार तथा महानगरका विभिन्न पूर्वाधार निर्माणका आयोजनामा खटिएका मजदुरहरुलाई घर पठाइएको हो ।

त्यसैगरी साँझ ७ बजे पोखराबाट दाङका लागि ४० मजदुरलाई गाडीको व्यवस्था गरी पठाइएको छ । मङ्गलवार नेपालगञ्जका लागि १९ र कोहलपुरसम्म १३ जनालाई जाने व्यवस्था गरिएको थियो ।

लकडाउनका कारणले काम गर्दै आएको ठाउँमा सामलको अभाव भएपछि मजदुर घर जान कष्टकर यात्रा शुरु गरेपछि सरकारले उनीहरुको उद्धार गरी सहजरूपमा घर पु¥याउने निर्णय गरेको थियो ।

लकडाउनकै अवधिमा यसअघि चैत १७ गतेसम्म जिल्ला प्रशासन कार्यालयको समन्वयमा तीन हजार २०० हाराहारीमा मजदुरको निर्माण व्यवसायीले साइटबाट उद्धार गरी घर पठाएको नेपाल निर्माण व्यवसायी सङ्घ कास्कीका अध्यक्ष सुरेश श्रेष्ठले बताए।

दोस्रोपटक थप गरिएको लकडाउनपछि प्रशासनले पास वितरणमा कडाइ गरेपछि मजदुरको उद्धार हुन सकेको थिएन । रासस

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु